Latest Updates :

बाबुलाई भोकभोकै मार्ने निर्देशन दिएर जेलमा कोचेपछि आफ्नै छोरीले लुकीलुकी जेलमानै ख्वाइन् बृद्ध बाबुलाई आफ्नो दुध..


SHARE THIS POST :

यो तस्विर देख्दा अश्लिल लाग्न सक्छ तर यो तस्विरको भाव बुझ्नु भयो भने तपाईका आँखाबाट आँसु झर्न सक्छन् । झट्ट हेर्दा यो तस्विरको कलामा नग्नता छ, छाडापन छ । तस्विर हेर्ने जो कोहीलाई पनि लाग्न सक्छ एक अधबैंसे आईमाईको स्तनपान कसरी त्यति बृद्ध मानिसले गरे रु युरोपका एक प्रख्यात चित्रकार (मोनरो) ले बनाएको यो तस्विरमा एक युवतीले बृद्ध व्यक्तिलाई आफ्नै स्तन चुसाइरहेकी छिन् ।

बृद्धलाई सिक्रीले बाँधिएको छ । युवतीले एउटा शिसुलाई झैं स्तन पिलाइरहेकी छिन् । तस्वीरका विषयमा अनेक टिकाटिप्पणी भए । अश्लील तस्वीर पोष्ट गरियो भनेर आलोचना समेत भएपनि यो तस्विर अहिले भाइरल बनीरहेको छ । तर यो तस्विरका चित्रकार मोनरोले जब मुख खोले त्यतिबेला यसको अश्लिलता हट्यो र यसलाई हेर्ने नजर भावनात्मक बन्यो ।

खासमा यो तस्विरमा एउटी छोरीले आफ्ना बृद्ध पितालाई स्तनपान गराइरहेकी छिन् । प्रसंग हो यूरोपको कुनै एक देशको । जहाँ ति सुन्दरीका बृद्ध बाबुलाई भौके जेलमा राखेर मार्ने फैसला न्यायलयले सुनाएको थियो । जबसम्म भोकले बृद्ध मर्देनन् तबसम्म उनलाई जेलमा भौके राख्नुपर्ने आदेश थियो ।


एक दिन उक्त बृद्धकी छोरीले न्यायलय समक्ष आफ्ना बृद्ध बाबुलाई नियमित भेट्ने अनुमति मागिन् । उनी नियमित त्यहाँ पुग्न थालिन् । उनी हरेक दिन भेट्ना जाँदा कुनै खानेकुरा लैजान अनुमती नभएपछि युवतीले जुक्ती फुराइन् र नियमित जसो नै आफ्ना दुधका लाम्टा जन्मदाता पितालाई चुसाउन थालिन् । बृद्धलाई जेलमा छोरीले भेट्न जाँदा कैंयौं दिन देखि खाना नखाएका बाबुलाई जिवित राख्न् छोरीले यस्तो सम्म कदम चालिन् कि जसका कारण उनका पिता निरन्तर तन्दुरुस्त बन्दै जान थाले ।

दिन बित्दै जाँदा जेलमा हल्ला चल्न थाल्यो र यो रहस्यका विषयमा कुरा खुल्न थालेपछि छोरीले आफ्नो दूध पिलाएको कुरा बाहिर आयो । रहस्य खुलेपछि छोरी पनि फन्दामा परिन् । अन्तत अदालतले पनि कानून छाडेर भावनात्मक फैसला सुनाउँदै बाबु र छोरीको पक्षमा नै फैसला गर्यो । उनीहरु जेलमुक्त भए । यही कथालाई भावनात्म्क रुपमा मोनरोले आफ्नो क्यानभाषमा जीवन दिन सफल भए र आज सोही तस्विर लाखौँ रुपैयामा बिक्रि भइरहेको छ भने यही तस्विर सामाजिक संजालमा समेत भाइरल बनीरहेको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv