Latest Updates :

अर्थमन्त्री महराको धन्दा विमानस्थलमा सुन तस्करी..विमानस्थमा भेटिएको ३३ किलो सुन अर्थमन्त्री महराको सेटिङमा बाहिरिएको चर्चा


SHARE THIS POST :
लाइट नेपाल
काठमाडौं, २६ पुस । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट गएको पुस २१ गते अवैद्य रुपमा मित्रिएको १५ करोड रुपैयाँ मूल्य पर्ने ३३ किलो सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बरामद गरेपछि धेरै रहस्यहरु एक पछि अर्को गरी खुल्न थालेका छन ।


अर्थमन्त्री कृष्णबहादुर महराकै सेटिङमा अवैध रुपमा सुन आयत हुने गरकेो स्रोतको दाबी छ । ३३ किलो सुन सहित पक्राउ परेका गोपाल शाहीले केही महिनायता ३ सय किलो सुन नेपालमा विमानस्थलबाटै

ल्याएको बयान दिएपछि उक्त सुन तस्करीमा अर्थमन्त्री महराको नाम जोडिएको हो ।

अवैध सुन ल्याउने को को हुन भन्ने कुरा सरकारले भन्सारका कर्मचारीलाइ कडा कारवाही गर्ने हो भने यसको रहस्य खुल्छ । सरकारका माथिल्लो तहका सबैलाइ सुन तस्करबारे थाहा छ । तर सुनतस्करीको जालो अर्थमन्त्रीसँग जोडिएकाले भरिया शाही पक्राउ परे पनि सुनका वास्तविका मालिक गुमनाम छन् ।

मुख्यत भन्सार कर्मचारीकै मिलेमतोमा विमानस्थलबाट अवैध रुपमा सुन आइरहेको कुरामा दुईमत छैन । स्रोतका अनुसार विमानस्थल भन्सारमा सुन तस्करीको सेटिङ मिलाउकनकै लागि अर्थमन्त्री महराले माओवादी समर्थक सहसचिव नारायण सापकोटालाई प्रमुख भन्सार प्रशासकका रुपमा दुई महिनाअघि सरुवा गरेका हुन् ।

महराका छोरा निर्मल महरा ’एटम’ र निजी सचिव नेत्र पौडेलको डिजाइनमा सुन तस्करी गर्नकै लागि सापकोटालाइ एयरपोर्ट पठाइएको हो । गोपाल शाहीले ३ सय किलो सुन भित्राएको बयान दिए पनि अर्थमन्त्री महरा आएपछि त्यो भन्दा ठूलो परिमाणमा सुन आएको स्रोतको दाबी छ ।

सीआइबीले भन्सारबाट पार भइसकेपछि सुन बरामद गरेको घटनाले पनि यसमा अर्थमन्त्री महरा तानिएका हुन । माथिल्लो सेटिङबिना एक जना भन्सार प्रमुखले मात्रै यति ठूलो परिमाणको सुन तस्करी गर्ने आँट गर्दैनन् । यस घटनापछि अन्तर्रा्ष्ट्रिय विमानस्थल भन्सारका २९ कर्मचारीलाइ जिम्मेवारीबाट अलग गरिएको छ । तर सीआइबीका अधिकारी भन्छन् अवैध सुन आयातमा मुख्य दोषी भन्सारका कर्मचारीलाइ भ्रष्टाचार र संगठीत अपराधमै कारवाही गर्नुपर्छ अनिमात्र यस्ता क्रियाकलाप नियन्त्रण हुनसक्छ । संगठीत अपराध पुष्टि भएका १५ वर्षसम्म कैद हुनसक्छ । एयरपोर्ट भन्सारमा लामो समयदेखि रेडियो टेक्निसियन विन्दुकाजी महर्जन, तथ्यांक अधिकृत श्रीनारायण यदव र प्रमुख भन्सार अधिकृत टंक पौडेलले नै सुन तस्करीमा सेटिङ गर्दे आएको खुलेको छ । आजको दृष्टि साप्ताहिकमा समाचार छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv