Latest Updates :

प्रचण्डलाई अहिले सम्मकै ठुलो झड्का : ७० माओवादी नेताले दिए राजीनामा


SHARE THIS POST :
लाइट नेपाल मिति : Wednesday, January 25th, 2017
सिन्धुपाल्चोक १२ माघ । नेकपा माओवादी केन्द्रको केन्द्रीय आयोजक समितिमा कार्यरत ७० जना केन्द्रीय सदस्यहरुले सामुहिक राजीनामा दिएका छन् । राजीनामा दिनेहरुमा केन्द्रीय सदस्यका साथै पोलिटब्युरो सदस्यसमेत छन् । उनीहरु सबै सिन्धुपाल्चोक जिल्लाका माओवादी नेता हुन् ।

माओवादी केन्द्र सिन्धुपाल्चोकले बुधबार सदरमुकाम चौतारामा आयोजना गरेको प्रथम एकता भेलामा उपस्थित सयौं कार्यकर्तामाझ केन्द्रीय आयोजक समितिमा रहेका ७० जनाले संयुक्त राजीनामा पत्रमा हस्ताक्षर गरेका हुन्ा् ।
जिल्ला भेलामा विशेष प्रस्ताव राख्दै केन्द्रीय सदस्य युवराज दुलाल शरदले पार्टीको केन्द्रीय महाधिवेशन आयोजक समिति भद्दा भएका कारण त्यसलाई चुस्त बनाई प्रकृयाको आधारमा पार्टी निर्माणको बहस सिर्जना गर्न आयोजक समितिमा रहेका ७० जनाले राजीनामा पत्रमा हस्ताक्षर गरेको बताए ।

‘हामी यो अभियानलाई निरन्तरता दिन्छौं, सबै साथीहरुलाई राजीनामाका लागि बाध्यकारी बनाइने छैन, ईच्छुक अरु पनि साथीहरुले राजीनामा पत्रमा हस्ताक्षर गर्नुहुन्छ’- नेता दुलालले भने ।
दुलालका अनुसार सिन्धुपाल्चोकका ७० जना केन्द्रीय नेतामध्ये अधिकांशले राजीनामा पत्रमा हस्ताक्षर गरिसकेका छन् । र, यो प्रक्रिया सकिएसँगै एक/दुई दिनमै पार्टी केन्द्रमा सो राजीनामा पत्र बुझाउने कार्यक्रम छ । अनलाइन खबर बाट

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv