Latest Updates :

इजरायलको लागि जासूसी गरेको अभियोगमा लेबनानमा दुई नेपाली महिला पक्राउ


SHARE THIS POST :

माघ १३ इजरायलको लागि जासूसी गरेको अभियोगमा लेबनानको जेनेरल सेक्युरिटी डिपार्टमेन्टले दुई नेपाली महिलासहित ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दुई लेबनानी र एक प्यालेष्टाइनी छन् । लेबनानकाे जेनेरल सेक्युरिटी निर्देशनालयको सञ्चार कार्यालयले विज्ञप्ती जारी गर्दै पक्राऊबारे पुष्टि गरेको अल्मानर डटकमसहित विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । पक्राऊ परेका नेपालीको जन्म सन् १९९१ र १९९३ रहेको विज्ञप्तीमा खुलाइएको छ ।

पक्राउ परेकाहरुले अनुसन्धानको क्रममा टर्की, जोर्डन, बेलायत र नेपालमा रहेको इजरायली दूताबासमा फोन सम्पर्क गरेको स्वीकारेको विज्ञप्तीमा भनिएको छ । पक्राउ परेका दुई नेपाली महिलाहरु नेपालबाट लेबनानमा घरेलु कामदार लैजान सक्रिय रहने गरेको र उनीहरुले त्यस्ता कामदारलाई इजरायली दूतावासको सम्पर्क दिएर लेबनानबारे जानकारीहरु दिन लगाउने गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अनुसन्धानपछि उनीहरुलाई सम्बन्धित अदालतमा उपस्थित गराइएको र जासूसीमा संलग्न अन्यको खोजी भइरहेको विज्ञप्तीमा भनिएको छ । यसअघि मंसिरमा घरेलु कामदारको रुपमा आएर 'अधिकारकर्मीको भूमिका' खेलेको भन्दै लेबनानले दुई नेपाली महिलालाई पक्राउ गरेको थियो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv