Latest Updates :

बिहानै त्रिशूलीमा ट्रक खस्यो, एक बेपत्ता


SHARE THIS POST :

चितवन – चितवनको दारेचोक गाविस–४ स्थित नाग्दी खोला नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खस्दा एकजना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब ५ बजेको समयमा चामल बोकेर वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ५६५४ नंको ट्रक अनियन्त्रित भई त्रिशूली नदीमा खसेर दुर्घटना भएको हो । ट्रक सडकबाट करिब ७० मिटर तल त्रिशूली नदीमा पुगेको प्रहरीले जनाएको छ ।

चालक धादिङ खयरघारीका २० वर्षीय रामशरण वाग्लेलाइ घाइते अवस्थामा उद्धार गरिएको र ट्रकमा सवार एकजना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेको पहिचान भएको छैन । ट्रकमा अन्य कति मानिस थिए भन्ने समेत नखुलेको र अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।

यसैबीच कुरिनटारमा आज बिहान वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना ६ ख ४७२९ नंको मच्छड धुप बोकेको ट्रक अनियन्त्रित भई पल्टिँदा दुईजना घाइते भएका छन् । ट्रक पानीमा डुबेको अवस्थामा छ ।

बिहान करिब १ः३० बजेको समयमा चितवनको दारेचोक –३ कुरिनटारमा अनियन्त्रित भई ट्रक पल्टिएर २० फिट तल पुग्दा दुर्घटना भएको छ ।

दुर्घटनामा परी चालक सिन्धुपाल्चोकका २६ वर्षीय हरि बस्नेत र सहचालक सोही ठाउँका १८ वर्षीय नीरज भुजेल घाइते भएका छन् । घाइतेको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv