Latest Updates :

ओलीलाई प्रधानमन्त्री बनाउन सकिने कांग्रेसको नयाँ प्रस्ताव


SHARE THIS POST :

काठमडौं १९ माघ । राजनीतिक सहमतिका लागि नेपाली कांग्रेस एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बनाउन तयार देखिएको छ । संविधान संसोधनमा एमाले लचिलो र सहमतिका लागि नयाँ ढंगको वाताबरण बने ओलीलाई प्रधानमन्त्री बनाउन सकिने कांग्रेस नेता नारायणका खड्काले जानकारी दिए । उनले सभापति शेरबहादुर देउवा पनि तयार हुने दावी गरे । उनले निर्वाचनको मिति घोषणा गर्न नसके प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा गरेर बाटो खुल्ला गर्नुपर्ने माँग गरेका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा वोल्दै खड्काले सहमतिका लागि नयाँ ढंगले सोच्नुपर्ने बताए ।
उनले चुनाव गर्न नसके सरकार असफल हुने बताए । उनले भने,‘माघभित्रै निर्वाचनको मिति घोषणा गरिएमात्रै बैशाखमा स्थानीय तहको निर्वाचन हुन्छ, यदि माघमा पनि निर्वाचनको मिति घोषणा नगर्ने हो भने जेठमा पनि चुनाव हुन सक्दैन, त्यसैले यो सरकार बैशाखसम्ममात्रै हो, काँग्रेससँग सम्झौता भएको छ।’
उनले प्रधानमन्त्रीले चुनाव गराउन नसक्ने हो भने समय व्यतित गरेर पदमा बस्नुको कुनै अर्थ नहुने जिकिर गरे। खड्काले भने,‘यो सरकार नै निश्चित् उद्देश्य लिएर बोकेर गठन भएको हो, त्यही पूरा नगर्ने हो भने के अर्थ हुन्छ ? त्यसैले उहाँले निर्वाचन नगर्ने हो भने सहज रुपमा राजिनामा दिएर मुलुकलाई निकास दिनुपर्छ, अर्को चूनौति लिन तयार हुने नेता प्रधानमन्त्री बन्नुहुन्छ।’
नेता खड्काले मधेशी मोर्चालेपनि संशोधन प्रस्ताव प्रक्रियामा गएर पारित भएपनि वा नभएपनि अब चुनावमा भाग लिनुपर्ने बताए।‘प्रमुख प्रतिपक्षी दल एमालेले पनि प्रस्ताव प्रक्रियामा लैजान अवरोध गर्नुहुँदैन, र प्रस्ताव पास नभएपनि मोर्चा चुनावमा जानुपर्छ’ उनले अघि भने,‘प्रक्रियामा लैजानबाट यसलाई अड्काएर राख्नुहुँदैन, यसले गर्दा निर्वाचनको मिति घोषणा गर्नपनि गाह«ो हुन्छ।’

उनले सत्तारुढ दल काँग्रेस र नेकपा माओवादी केन्द्रले प्रस्ताव पारित गराउनको लागि अधिकतम प्रयास गर्ने जिकिर गर्दै भने,‘हामी यो प्रस्ताव पारित गराउनको लागि अधिकतम प्रयास गर्छौं, तर पारित भएन वा जे भएपनि यसको नतिजालाई स्विकार गर्दै चुनावमा जानुपर्छ।’ उनले प्रस्ताव पारित नभए मोर्चाले पनि अब आन्दोलनमा नजाने प्रतिबद्धता गर्नुपर्ने उल्लेख गरे।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv