Latest Updates :

टोपी दिवसप्रति बाबुरामको आक्रोशः अब धोती दिवस !…काठमाडौंः आइतबार टोपी दिवस मनाइएकोप्रति पूर्व प्राधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आक्रोश व्यक्त गरेका छन्।


SHARE THIS POST :

अंग्रेजी नयाँ वर्षकै दिन जनवरी १ मा टोपी दिवस मनाइएकोप्रति बाबुरामले आक्रोश व्यक्त गरेका हुन् । आइतबार साँझ सामाजिक सञ्जालमार्फत् बाबुरामले आज टोपी दिवस मनाउनेले कुनै दिन धोती दिवस समेत मनाउन सक्ने भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

ट्वीटरमा बाबुराम लेख्छन्, ‘टोपी दिवस रे ! अब बख्खु दिवस ! धोती दिवस !…’ बाबुरामले टोपी दिवसलाई धोतीसँग तुलना गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ ।

उनले टोपी दिवस जायज नभएको भन्दै थप लेखेका छन्, ‘संविधान र राष्ट्रगानमा समेत बहुजाती र बहुसंस्कृति स्वीकारिसकेको देशमा एकल संस्कृतिका कुरा कति जायज ?’

'' टोपी दिवस रे!अब बख्खु दिवस! धोती दिवस!..संविधान र राष्ट्रगानमा समेत बहुजाति र बहुसांस्कृति स्वीकारीसकेको देशमा एकलसंस्कृतिका कुरा कति जायज़? —''

आइतबार राजधानीसहित देशभरका विभिन्न स्थानमा टोपी दिवसको अवसरमा र्याली निकालिएको छ । राजधानीको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रभातफेरी नै निकालेर टोपी दिवस मनाइएको छ ।

‘जागरुक युवा अभियान नेपाल’ ले आइतबार ‘हाम्रो शान, हाम्रो पहिचानः नेपाली टोपी अभियान’ नारा दिएर टोपी दिवस मनाउन सबैलाई आह्वान समेत गरेको थियो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv