आईफोन जस्तै देखिने पेश्तोलका कारण यूरोममा खलबली मच्चियो..(भिडियो)
आईफोन जस्तै देखिने एक ९ एमएमको दुइवटा नाल भएकव पेस्तोलले यूरोपका पुलिसहरुबिच खलबली मच्चाइदिएको छ । यदि यो पेस्तोल अमेरिकामा बिक्रीको लागि उपलब्ध भएको खण्डमा यो उपमहाद्वीपमा गैह्रकानुनी तरिकाले प्रयोग हुनेछ भन्दै सबै विभागहरुलाई चेतावनी दिइएको छ ।‘आईफोन गन’ लाई १२ हजार जनाले एडभान्स बुकिङ गराइसकेका छन् ।
यो आइफोन जस्तै देखिन्छ तर एक बटन दबाउँदा यसको ट्रिगर बाहिर आउँछ र यो पेस्तोल जस्तै देखिन्छ । द इभिनिङ स्ट्यान्डर्ड को रिपोर्ट अनुसार, शंका यस्तो छ कि यो हतियार यूरोपीय अपराधिहरुको हात लाग्नेछ । ‘आईफोन गन’ को मूल्य साँचीकै आइफोन ७ को मूल्य भन्दा आधा कम लगभव नेपाली ५० हजार रुपैया पर्दछ।
Post a Comment