श्रीमानले फोनमा यस्तो भनेपछि गंगादेवी बाँस्तोलाका नौ नारी गले । के गर्ने कसो गर्ने सोच्न सक्नुभएन । गंगादेवीका श्रीमान तोयानाथ दिक्तेलका एजेण्टमार्फत मलेसिया जानुभएको थियो । एजेण्टले कम्पनीको काम भनेकाले विदेश जाने बताउनुभएको थियो श्रीमानले । उहाँका साथी पनि त्यही लटमा विदेश जाँदै थिए । त्यसमाथि पनि खाएर महिनाको ३० हजार रुपैयाँ हुन्छ भनेपछि उहाँले एजेण्टले भनेको ६५ हजार रुपैयाँ तिर्न कुनै प्रश्न गर्नुभएन ।
एजेण्टलाई कुनै प्रश्न नगरेका तोयानाथले विदेशका बारेमा पनि केही बुझ्नुभएन । आधारभूत कुरा पनि नबुझी उहाँ मलेसिया उड्नुभयो । श्रीमान त विदेश उड्नुभयो तर श्रीमतीलाई उहाँ के काममा जानुभयो ? कुन ठाउँमा गएको हो केही थाहा थिएन । फेरि विदेश पुगेको दुई दिनमै श्रीमानले जङगलमा पुगेको भनेर फोन गरेपछि उहाँ आत्तिनुभयो । ‘न पैसा छ न खाने कुरा छ भन्दै फोन गरेपछि कस्तो हुन्छ होला सोच्नु त’ गंगादेवी प्रश्न गर्नुहुन्छ । श्रीमानले फोनमा भनेका कुरा उहाँले आफन्तहरुलाई सुनाउनुभयो । आफन्तले नै दिक्तेलमा रहेको सूचना केन्द्रका बारे जानकारी दिए ।
अनि सूचना केन्द्रकै पहलमा ११ दिनपछि उहाँ नेपाल फर्किनुभयो । पठाउने एजेण्टले पनि लिएको ६५ हजार रुपैयाँ नै फिर्ता गरिदिए । पहिलो विदेश यात्राले उहाँलाई मात्रै श्रीमतीलाई पनि विदेश भन्ने वित्तिकै हतार नगरी राम्रोसँग बुझेर कम्पनीमा जानुपर्ने रहेछ भन्ने बुझ्नुभयो । पहिलो यात्रा दुःखद भएपनि विदेश जाने रहर मरेको थिएन । त्यसैले तोयानाथले दोस्रो पटक पनि मलेसिया नै जाने तयारी गर्नुभयो । कम्पनी भनेर जङ्गलमा पुर्याएकाले गंगादेवीले विदेश नजान आग्रह गर्नुभयो तर श्रीमानले कम्पनीमा जाँदा त्यस्तो नहुने भन्दै मलेसिया जानुभयो । दोस्रो पटक उहाँले कम्पनीमा काम पाउनुभयो अनि तलब पनि महिनाको ४० हजार रुपैयाँभन्दा धेरै हुन्थ्यो । खानाको खर्च कटाएर पनि उहाँले महिनाको ३० हजार रुपैयाँ बचाउनुहुन्थ्यो तर त्यो कमाइ तीन महिनामै टुङ्गियो । आफैंसँग काम गर्ने आफन्त नै पर्ने व्यक्तिले छुरी प्रहार गरेपछि उहाँ घाइते हुनुभयो । ‘तिहारको दिन तेरो श्रीमानलाई त छुरा हाने रे, छैन रे भनेर सुनाउँदा म त बेहोस भएछु ।’
गंगादेवी भन्नुहुन्छ ‘तर साथीहरुले गर्दा उहाँलाई सानो चोट बाहेक अरु केही भएनछ ।’ ज्यानै जोखिममा परेपछि उहाँ तीन महिनामै घर फर्किनुभयो । दोस्रो पटकको विदेश यात्रामा कमाइ हुन थाले पनि धेरै टिक्न सकेन । त्यही भएर विदेश जाने सोचमै हुनुहुन्थ्यो उहाँ । तर गंगादेवीलाई चाहिँ विदेशको भर नहुने रहेछ भन्ने लागिसकेको थियो । श्रीमानलाई विदेशबाट उद्दार गर्दा र विदेशका बारेमा बुझ्दा उहाँ सूचना केन्द्रको सम्पर्कमै हुनुहुन्थ्यो । त्यसैले वित्तीय साक्षरता कक्षामा पनि सहभागी हुनुभयो । त्यसैले श्रीमान विदेश गएपछि सदरमुकाम दिक्तेल पुगेकी गंगादेवी फेरि नेर्पा नै फर्किनुभयो ।
अनि टनेलमा गोलभेंडा खेती सुरु गर्नुभयो । टनेल बनाउँदा, बीउ किन्दा र अरु सबै खर्च गरेर जम्मा उहाँले साढे ६ हजार रुपैयाँ लगानी गर्नुभयो । त्यसले पहिलो पटक १७ हजार रुपैयाँ र दोस्रो १३ हजार रुपैयाँ कमाउनुभयो । यसअघि पनि खेती त गर्नुभएको थियो तर त्यो खेतीबाट लगानीको दोब्बरसम्म आम्दानी भएपछि उहाँ त्यही खेतीमा लोभिनुभयो । अनि कुखुरा पनि पाल्नुभयो । १० वटा चल्ला हुर्काउँदा ६ हजार रुपैयाँ कमाइ भयो अनि बढाएर २५ वटा पुर्याउँदा १३ हजार रुपैयाँ हात पर्यो । यसले गंगादेवीलाई गाउँमै बसेर पनि धेरै कुरा गर्न सकिँदो रहेछ भन्ने आत्मविश्वास बढेको छ ।
अहिले त उहाँले बचत पनि गर्न थाल्नुभएको छ । १ सय ५० रुपैयाँदेखि बचत सुरु गरेकी गंगादेवीले अहिले मासिक ५ सय ४० रुपैयाँ बचत गरिरहनुभएको छ भने बाल बचत समेत बढाउनुभएको छ । त्यसैले उहाँले श्रीमानलाई विदेश नजान आग्रह गर्नुभएको थियो तर श्रीमानले मान्नुभएन । अहिले उहाँका श्रीमान कतार जानुभएको छ । गएको भदौमा कतार गएका श्रीमानको पनि कमाइ राम्रो छ ।
‘अहिले उहाँले महिनाको ५० हजार रुपैयाँ जति कमाइरहनुभएको छ अनि काम पनि राम्रै छ रे’ गंगादेवीले भन्नुभयो । श्रीमानले वैदेशिक रोजगारीका क्रममा पाएको हण्डरले गंगादेवीले गाउँमै कामको मेलो सँगै बचत गर्ने बाटो पनि समाउनुभयो । अनि तोयानाथले चाहिँ कसरी विदेश जाने भन्ने कुरा । त्यसैले कातर जाने क्रममा उहाँले सबै कागजातको एक/एक प्रति फोटोकपी घरमा छोडेर जानुभएको छ । उज्यालाे अनलाइनकाे
Post a Comment