Latest Updates :

नुनको होइन सुनको मूल्य पनि बजारमा दुईथरी, बुझेर मात्र सुन किन्नुहोस् विवाहको समय छ....


SHARE THIS POST :

काठमाडौं, ६ माघ । बजारमा छापावाल सुनको मूल्य दुईथरी कायम गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गुणस्तरका आधारमा छापावाल सुनको दुईथरी मुल्य निर्धारण गरेको हो ।

हालसम्म ९९ दशमलव पाँच शुन्य प्रतिशत शुद्धता रहेको सुनको कारोबार भएपनि अब एनआईसी बैंकले ९९ दशमलव नौ नौ प्रतिशत शुद्ध सुन बिक्रिका लागि खुल्ला गरेकाले फरक फरक मुल्य निर्धारण गर्नुपरेको महासंघका अध्यक्ष मोहनकुमार सुनारले जानकारी दिनुभयो ।

 ९९ दशमलव पाँच शुन्य प्रतिशत भन्दा ९९ दशमलव नौ नौ  प्रतिशत शुद्ध सुनमा आधा प्रतिशतको मात्र गुणस्तर फरक हुने अध्यक्ष सुनारले बताउनुभयो । महासंघले विवाहलगायत विभिन्न शुभकार्यको सिजनमा सुनको माग अत्याधिक भएपनि सरकारले दैनिक १५ किलो मात्र सुनको कारोबार गर्न दिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरेको छ ।

देशभर रहेका २२ हजार भन्दा बढी सुनचाँदी व्यवसायीलाई सरकारले उपलब्ध गराएको सुन कम भएको भन्दै कोटा बढाउन पनि माग गरिएको छ । सरकारसँग पटक पटक आग्रह गर्दा पनि सुनको कोटा नबढेको भन्दै महासंघले माग अनुसारको आपूर्तिमा सन्तुलन कायम नगरे व्यवसाय बन्द गरेर आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएको छ ।
दुईथरी मुल्य निर्धारण गरेपछि ९९ दशमलव पाँच शुन्य प्रतिशत शुद्ध सुन तोलामा ५५ हजार रुपैयाँमा कारोबार भएको छ ।

 यो मुल्य अघिल्लो दिनको भन्दा तीन सय रुपैयाँले बढी हो । यस्तै सोमबारदेखि लागू भएको ९९ दशमलव नौ नौ प्रतिशत शुद्ध सुनको मुल्य ५५ हजार दुई सय रुपैयाँ तोकिएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv