Latest Updates :

अत्याधुनिक हतियार सहित चिनियाँ सेनाको उच्चस्तरीय टोली नेपालमा : भारतमा मच्चियाे खैलाबैला : राेक्ने प्रयास यसरी भयाे असफल


SHARE THIS POST :

काठमाडौं १० माघ । नेपाल–चीनबीच ईतिहासमै पहिलो हुन लागेको संयुक्त सैन्य अभ्यासको तयारीका लागि चिनियाँ जनमुक्ति सेनाको उच्चस्तरीय टोली नेपाल आइपुगेको छ । आगामी फागुनमा नेपाल र चीनबीच पहिलो संयुक्त सैन्य अभ्यास हुँदैछ । चीनले संयुक्त सैन्य अभ्यासलाई ब्यवस्थित र प्रभावकारी बनाउन छलफलकै लागि मेजेर जनरलको नेतृत्वमा टोली नेपाल पठाएको हो ।

यसअघि पनि वरिष्ठ कर्णेलको नेतृत्वमा चिनियाँ सेनाको टोली नेपाल आएको थियो । स्रोतका अनुसार काठमाडौंमा रहेका मेजर जनरल लि उ चुन नेतृत्वको चिनियाँ सैनिक टोलीले प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग भेटवार्ता गरेको छ । तीन दिनको भ्रमणमा रहेको चिनियाँ सेनाले नेपाली सेनालाई केही सैन्य सामाग्री दिने तयारी पनि यसैपटक गरेको छ ।

नेपाली सेना र चिनियाँ सेनाबीच पहिलोपटक संयुक्त अभ्यासको तयारी भइरहेको छ । यसले दुई देशको सैन्य सम्बन्धमा नयाँ आयाम थपिने मानिएको छ । अमेरिका, भारत र बेलायतसँग नेपालले पहिल्यैदेखि नै सैन्य अभ्यास गर्दै आएको थियो ।


सैन्य अभ्यासमा कति जना सहभागी गराउने र कुन स्तरको तालिम गर्ने भन्ने बिषयमा नै छलफल हुने रक्षा अधिकारीहरुले जनाएका छन् । सैन्य तालिमको खबरले भारतमा भने खलबली मच्चिएको थियो । रोक्नका लागि थुप्र्रै प्रयास पनि भारतले गरेको थियो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv