Latest Updates :

नेपाली कांग्रेसमा पार्टीको उच्च पदसमेत भारतले तय गर्ने गरेको खुलासा


SHARE THIS POST :

काठमाडौं, २० पुस । प्रधानमन्त्री, प्रहरी प्रमुख, मुख्य सचिवजस्ता महत्वपूर्ण कार्यकारी पदको कुरै छाडौं, यी त राजकीय संयन्त्रका कुरा भए तर अमुक पार्टीको, कुन नेतालाई कस्तो दर्जा दिने, कुन जिम्मेवारीमा राख्ने भन्ने कुरामा समेत दक्षिणले माइक्रो म्यानेज्मेन्ट गर्दो रहेछ ।
जनआस्था साप्ताहिकमा खबर छ– देशकै ठूलो पार्टी नेपाली कांग्रेसको कथा हो यो । कोइराला परिवारबाट पार्टीको बागडोर हत्याउन के–के खेल भए दुनियाँलाई थाहै छ । को–कोसँग, के–के बाचा कसम गरिएको थियो, त्यो पनि समयक्रममा खुल्दैछ । तर, शेरबहादुर देउवाले उतिबेला गरिएका कतिपय बाचा पूरा चर्न नसक्नुको दोषचाहिँ भारतीय खुफिया एजेन्सी ‘र’ का निवर्तमान प्रमुख राजेन्दर खानलाई लगाउन थालिएको छ ।
‘यतिका महिना बितिसक्यो, मलाई किन अहिलेसम्म उपसभापति नबनाएको ?’ खुमबहादुर खड्काले ¥याख¥याख्ती पारेपछि देउवाले चाहिँ यसरी मजबुरी प्रकट गरेका छन्, ‘मैले तिम्लाई बनाउन नसक्ने भएँ । विमल (गृहमन्त्री विमलेन्द्र निधि) लाई नै त्यो पद दिन पारिले कचकच गरेको छ ।’ उनको स्पष्टीकरण थियो, ‘पारिलाई चिढ्याएर तिमीलाई उपसभापति दिन सक्दिन ।’
यस्तो जवाफ सुनेर चित्त दुखाएका खड्कालाई देउवाले नै क्षतिपूर्तिस्वरुप अर्का खड्का अर्थात पूर्णबहादुरलाई महामन्त्री मनोनित गर्ने बचन दिएका थिए । उनको प्रष्टै आश्वासन थियो, ‘बरु तिमीले भनेकै पूर्णलाई महामन्त्री बनाइदिन्छु नि हुन्न रु’
वनमन्त्री शंकर भण्डारी र अर्घाखाँचीकी सभासद पुष्पा भुषाललाई साक्षी राखेर तरुण दलको महाधिवेशन सकिनासाथ १५ दिनभित्र पूर्णलाई पार्टीमहामन्त्री तथा खुमबहादुर र पुष्पालाई पार्टीको संसदीय बोर्डमा राख्ने कुरा भयो । त्यसयता थप डेढ महिना बितिसक्यो तर तोलाको बचन खोलामा छ । यसबारे बुझ्न खोज्दा पूर्णबहाुदर भन्छन्, ‘उहिले अर्कै सन्दर्भमा भएका गफगाफ हुन् ती अहिले त्यसको प्रयोजन सकियो ।’


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv