Latest Updates :

रोहिङ्ग्या भिडियो प्रकरणमा केही प्रहरीमाथि कारबाही हुने


SHARE THIS POST :
प्रकाशित मिति: मंगलबार, पौष १९, २०७३ समय - १०:५२:०८   |  3 Jan, 2017

याङ्गोन (म्यानमार) : म्यानमारको सरकारले रोहिङ्ग्या अल्पसङ्ख्यक मुस्लिम समुदायलाई प्रहरीद्वारा पिटेका दृश्य रेकर्ड गरी सामाजिक सञ्जालमा राख्ने केही प्रहरीमाथि विभागीय कारबाही गर्ने जनाएको छ ।

बुद्ध धर्मावलम्बीको प्रभुत्व रहेको म्यानमारमा अल्पसङ्ख्यक रोहिङ्ग्या समुदायमाथि उक्त समूहद्वारा गत अक्टुबरमा प्रहरी चौकीहरुमाथि आक्रमण गरेको बहानामा सुरक्षाकर्मीले चलाएको कारबाहीपछि हजारौँ मुसलमान विदेशीएको बताइएको छ ।

बङ्गलादेशले गत दुई महिनामा करिब ५० हजार रोहिङ्ग्या समुदायका मुसलमानले बङ्गलादेश पुगेको बताएको छ । उनीहरुले आफूमाथि सुरक्षाकर्मी तथा स्थानीयद्वारा हत्या, बलात्कार र सम्पत्तिमा आगजनी गरेपछि गाउँ छोड्न बाध्य भएको बताउने गरेको बङ्गलादेशको अधिकारकर्मीले जनाएका छन् ।

रासस÷एएफपी

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv