Latest Updates :

चर्चित भारतीय अभिनेता अक्षयको सबैलाई चकित बनाउने एउटा बानी


SHARE THIS POST :
एजेन्सी – अभिनेता अक्षयकुमार राति छिट्टै सुत्छन् र बिहान सबेरै उठ्छन् । उनको यो बानी बलिउडकर्मी सबैलाई थाहा छ । त्यसकारण, अक्षय अनुशासित अभिनेतामा पर्छन् । हाल आफू अभिनीत ‘जोली एलएलबी–२’ फिल्मको प्रमोसनमा व्यस्त रहेका अक्षयले आफूले फिटनेससम्बन्धी थेसिस तुरुन्तै लेख्न सक्ने बताएका छन् ।

‘मलाई फिटनेससम्बन्धी धेरै कुराको ज्ञान छ । त्यसैले चाहने हो भने तुरुन्तै थेसिस लेख्न सक्छु,’ उनले भनेका छन्, ‘मैले कहिल्यै पनि योजना बनाएर डाइट खाइन“ । अगाडि जे पायो, भोक लागेको वेलामा खाँदै आएको छु । तर, म खाना सधैँ समयमै खाने गर्दछु ।’ अक्षयले साँझको खाना साढे ६ बजेभित्र खाइसक्ने पनि बताएका छन् ।

‘साँझ साढे ६ बजेसम्म खाना खाइसक्छु,’ उनी भन्छन्, ‘खाना खाएपछि पान पनि खान्छु । तर, त्यसपछि भने म केही पनि खान्नँ ।’आजको नयाँ पत्रिकामा छ ।

हरेक दिन बिहानै उठेर कसरत गर्छन् उनी । अक्षय सुटिङका क्रममा बिहान चार बजे उठिसक्छन् । त्यसकारण जोली एलएलबी–२ को सुटिङ निर्धारित समयभन्दा अगावै, ३३ दिनमा सकिएको भारतीय अनलाइनले उल्लेख गरेका छन् ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv