Latest Updates :

कोरियाबाट घर फर्कन लाइ एअरपोर्टमा पुगेका नेपाली कागजात पुगेन भनेर नेपाल जना दिएन फर्केपछि स्वास्थ्य स्थिति ठिक भएन र हस्पिटलमा उपचार गरे तर उनि सधैको लागि यो संसार छोडे, घर फर्कन लिएर हिडेको लगेज अहिले पनि कोरियाको एअरपोर्टमा नै छ | पढ्नुहोस पुरा समाचार


SHARE THIS POST :

दक्षिण कोरियामा अवैधानिकरुपमा २४ वर्षदेखि बस्दै आएका एक नेपालीको उपचारको क्रममा बिहीबार राति निधन भएको छ । दाङ घोराही नगरपालिका-१० पुरानो बसपार्क निवासी ५२ वर्षीय दिलबहादुर घर्ती मगरको निधन भएको दूतावासका श्रम सहचारी देवराज ढकालले जानकारी गराए ।
दुई सातादेखि सोल नेशनल अस्पतालमा उपचारार्थ मगरलाई हेपाटाइटिस ‘बी’ को लक्षण देखिनुका साथै मृत्यु पूर्वनिमोनिया पनि देखिएको चिकित्सकहरुले बताएका थिए । मृतक मगरको उपचार खर्च २ करोड २० लाख (करिब २२ लाख रुपियाँ) देखिएको अस्पतालले जनाएको छ । अवैधानिक कोरिया बसेका मगरको स्वास्थ्य बीमा नभएकाले अस्पतालको खर्च बढेको हो ।

मगर सोल नेशनल अस्पतालमा विगत दुई सातादेखि उपचारर्थ थिए । नेपाल फर्कन लागेका बेला इन्छन विमानस्थलमा कागजात नपुगेको भन्दै अध्यगमन विभागले फिर्ता पठाएको थियो । विमानस्थलबाट फिर्ता हुँदै गर्दा स्वस्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । उनको लगेज पनि हाल विमानस्थलकै लकरमा रहेका एनआरएन कोरियाका उपाध्यक्ष लक्ष्मी गुरुङले बताइन् । मृतक मगरका नेपालमा पत्‍नि, दुई छोरा र एक छोरी रहेका छन् । मगरको मृत्युको खबर परिवारमा जानकारी गराइसकेको राप्ती समाज कोरियाका उपसचिव गोपाल बोहराले जनाए ।

अवैधानिकरुपमा कार्यरत कामदारको शव नेपाल पठाउने खर्च सरकारले उपलब्ध गराउने प्रावधान नरहेको श्रम सहचारी ढकालले जानकारी गराए । शव नेपाल पठाउन करिब चार लाख रुपियाँ खर्च लाग्ने जनाइएको छ । गत वर्ष कार दुर्घटनामा परी निधन भएका एक अवैधानिक नेपालीको शव कोरियास्थित नेपाली समुदायबाट चन्दा उठाएर नेपाल पठाएका थिए । इकान्तिपुर बाट

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv