Latest Updates :

छालाको सौन्दर्यमा वृद्धि


SHARE THIS POST :

जेष्ठ ६, २०७२सौन्दर्य परमात्माको स्वरूप हो। सधैं केही श्रम गरिरहनु नै सौन्दर्य प्राप्तिको राम्रो उपाय हो। यसो भन्दैमा जतिबेला पनि बजारमा पाइने कस्मेटिक्स प्रयोग गर्नु हुँदैन। अनुहारको छालाको चमक र यौवनलाई दीर्घकालीन रूपमा स्वस्थ एवं कान्तिमय बनाउन दिनहुँ पँँच मिनेट समय दिनुपर्छ।

मुसुरोको दाल : मुसुरोको दाललाई मोटो धूलो (सुख्खा पाउडरजस्तो) बनाई डब्बामा राख्ने, यही मुसुरोको दालको पाउडरले अनुहार अनुहार धोए छाला गोरो एवं सफा देखिन्छ।

काँक्रा : चिल्लो छाला हुनेहरूले काँक्राको रस पूरै अनुहारमा लगाई १० मिनेटसम्म राख्ने र चिसो पानीले अनुहार सफा गर्ने। छालामा अनावश्यक चिल्लो आएर हैरान भएकाहरूका लागि यसले एस्ट्रिजेन्टको काम गर्नुका साथै छाला कसिलो हुन्छ।

गोलभेंडा : अनुहारमा चिल्लो आएको तथा कालो दाग देखिएको छ भने टमाटरलाई लेदो बनाई पूरै अनुहारमा लगाउने, २० मिनेटपछि पानीले अनुहार सफा गरे चिल्लो छालालाई फाइदा हुनुका साथै दाग हटेर छाला सफा एवं सुन्दर देखिन्छ।

बेसार : काँचो बेसारको मसिनो लेप दूधमा हाली पातलो घोल बनाएर नुहाउनुअघि सम्पूर्ण शरीरमा हल्का मालिस गर्ने। यो मालिसले केही दिनमै सम्पूर्ण शरीरको छालामा निखार आई छाला मुलायम, गोरो एवं बेदाग देखिन्छ।

आलु : आँखा वरिपरि कालो घेरा छ भने आलुलाई कोरेसोमा कोर्ने र आँखामाथिबाट कोरेको आलु १५ मिनेटसम्म राखेर नियमित रूपमा सफा गरे कालो घेरा समाप्त हुन्छ। यसबाट आँखामुनिको छाला सुन्निएको छ भने पनि राहत प्राप्त हुन्छ।

मह : महलाई प्राकृतिक मोस्चराइजर मानिन्छ। छाला सुख्खा छ भने सधैं राति दूधको तरमा मह मिसाई अनुहारमा लगाएर २० मिनेटपछि सफा गर्दा फाइदा पुग्छ। महले छाला मुलायम एवं चम्किलो बनाउँछ।

अण्डा : अण्डाको प्रयोगले अनुहारको कान्ति वृद्धि हुन्छ। छाला सुख्खा छ भने अण्डाको पहेंलो भागलाई साताको दुई पटक अनुहारमा लगाउने। छाला चिल्लो छ भने अण्डाको सेतो भाग लगाउने। सुख्खा छालामा पहेंलो भाग नियमित लगाए अनुहारको छाला कसिलो बनाउन हुन्छ। चिल्लो छालामा सेतो भाग लगाइएको छ भने छालामा रहेको अनावश्यक चिल्लोपन कम हुन्छ।

मेवा : मेवामा पाइने एन्जाइमले छालाको मृतकोष हटाई नयाँ कोष उत्पन्न गर्छ र छाला मुलायम हुन्छ। मेवाको लेप लगातार केही महिना लगाउने हो भने छालाको सबै दाग हराउँछ।

कागती : अनुहारको छालाको सौन्दर्य वृद्धिमा कागतीको महत्वपूर्ण भूमिका हुुन्छ। कागतीको रस दिनहुँ चिल्लो छालामा लगाइयो भने छाला सफा, गोरो एवं बेदाग हुन्छ। छाला सुख्खा छ भने कागतीको रसमा थोरै तर मिसाई अनुहारमा लगाउनुपर्छ। यसो गर्दा छालाको फोहोर निस्कनुका साथै छाला नरम एवं मुलायम हुन्छ। कागतीमा प्राकृतिक ब्लिच भएका कारण यसको प्रयोग दिनहुँ गरे छाला गोरो एवं सफा देखिन्छ।

दही : दही छाला र केश दुवैका लागि अत्यन्त लाभदायक छ। सुख्खा, सामान्य र तैलीय छालाका लागि दही गुणकारी मानिन्छ। दुई चम्चा दहीमा थोरै मात्रामा बेसन मिसाएर अनुहारमा लगाई २० मिनेटपछि सफा गरे सुख्खा र सामान्य छाला सधैं चम्किलो देखिन्छ। छाला चिल्लो छ भने दुई चम्चा दही लिने र त्यसमा एक चुटकी बेसार र एक चम्चा गहुँको चोकर मिसाई लेदो बनाएर पूरा अनुहारमा लगाउने र सुकेपछि चिसो पानीले अनुहार धुने, छाला गोरो, बेदाग र चम्किलो देखिन्छ।

केरा : सुख्खा छालामा केरालाई दूधमा मिसाई बनाइएको लेप लगाउने र २० मिनेटपछि सफा गर्ने। यो उपाय केही महिना नियमित अवलम्वन गरे छालामा एक प्रकारको चमक आउँछ र छाला छिट्टै चाउरी पर्दैन।

तुलसीको पात : तुलसीका पातलाई कागतीको रसमा मिसाएर मसिनो पेस्ट बनाई अनुहारमा लगाएर २० मिनेटपछि सफा गर्दा छालामा भएको दाग एवं चाउरी समाप्त हुन्छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv