Latest Updates :

राशिफल -वि.सं. २०७३ साल माघ ७ गते। शुक्रबार। इश्वी सन् २०१७ जनवरी २० तारिख।


SHARE THIS POST :

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesप्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। सुमधुर दाम्पत्यले मन प्रफुल्लित हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। (नेपाली पात्रो)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusरोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। नयाँ तथा आर्थिक लाभ हुने काम प्रारम्भ हुने समय छ। चुनौती चिर्दै फाइदा उठाउन सकिनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। तापनि, आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। मेहनतले राम्रै प्रतिफल दिलाउनेछ। (नेपाली पात्रो)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiछिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। तापनि, मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट मनग्गे लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। (नेपाली पात्रो)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerपरिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउनेछ भने मेहनतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ। बेसुरमा दिएको वचनले आफैंलाई अप्ठ्यारो पार्नेछ। आफ्नाले सहयोग नगर्दा अवसर गुम्न सक्छ। काम बिग्रने डरले सताइरहनेछ। नजिकका साथीभाइसँग असमझदारी बढ्ला। आमाको माध्यमबाट काम बनाउन सकिनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। (नेपाली पात्रो)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoमेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ। साथीभाइले पनि सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। लगनशीलताले प्रतिस्पर्धामा जित दिलाउनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ। नयाँ तथा रचनात्मक काममा जुट्ने समय छ। (नेपाली पात्रो)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoअधैर्य व्यवहारले समस्या निम्त्याउला। समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। कामको सन्दर्भमा केही वादविवाद हुन सक्छ। मौका आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। धेरै फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। मेहनत गर्दा रोकिएको काम बनाउन सकिनेछ। (नेपाली पात्रो)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraअवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा हुने देखिन्छ। पहिलेको योजना स्थगित हुनेछ भने नयाँ योजना बनाउँदैमा समय बित्न सक्छ। आगन्तुकले अलमल्याउन सक्छन्। आफ्नो सूचना बाहिरिने सम्भावना भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। सानो त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउला। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला। (नेपाली पात्रो)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioखर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ। अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला। बेलामा होस नपुर्याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग असमझदारी बढ्ने समय छ। (नेपाली पात्रो)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusमेहनतले आम्दानी बढाउनेछ। सानो प्रयत्न गर्दा ठूलो परिमाणमा लाभ हुनेछ। सहयोगीहरू जुट्नाले दिन उत्साहवर्द्धक रहला। श्रमको उच्च मूल्यांकन हुनुका साथै दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य धन आर्जन हुनेछ। सञ्चित धन उपयोग गर्दा फाइदा हुनेछ। (नेपाली पात्रो)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornकीर्तिमानी काम गर्ने समय छ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। भेटघाटले काममा उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। (नेपाली पात्रो)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusप्रयत्न गर्दा सामान्य जिम्मेवारी प्राप्त भए पनि फाइदा कम हुनेछ। पुरानो गतिले काम बिग्रन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। सहयोगीहरूको भर पर्दा दु:ख मात्र पाइनेछ। सामान्य अवसर प्राप्त भए पनि ठूलो उपलब्धिका लागि समय पर्खनुहोला। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जाला । धेरैलाई फाइदा हुने काम गर्न नसकिएला। (नेपाली पात्रो)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesघरेलु समस्याले अलमल्याउन सक्छ। परिस्थितिलार्इ पछ्याउन नसक्दा अलि पछि परिनेछ। काममा बाधा हुनाले न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। शुभचिन्तकहरूले काममा सहयोगको तत्परता देखाउनेछन्। मेहनत गर्दा आस मारेको फल पुनः प्राप्त हुन सक्छ। खर्च लागे पनि काममा जग बसाउन सकिनेछ। (नेपाली पात्रो)

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv