Latest Updates :

साढे ३३ किलो सुन काण्डमा विमानस्थल भन्सारका नायव सुब्बा पक्राउ


SHARE THIS POST :
लाइट नेपाल
काठमाडौं ९ माघ – साढे ३३ किलो सुनकाण्डमा भन्सारका अर्का एक कर्मचारी पनि पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले सुब्बा पदमा कार्यरत श्याम श्रेष्ठलाई आइतबार पक्राउ गरेको हो । सिआइबीले श्रेष्ठलाई मध्यपुर ठिमी अस्पतालबाट पक्राउ गरेको हो ।


श्रेष्ठ मध्यपुर ठिमी अस्पतालका सञ्चालक समेत हुन् । विमानस्थल भन्सारबाट सुन पास गराउने कार्यमा उनी सम्लग्न भेटिए, ‘ सिआइबीका एक अनुसन्धान अधिकृतले भने । एयर अरेबियाको जहाजबाट ल्याइएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कर्मचारीहरुकै मिलेमतोमा पास भएको थियो । सुनसहित तीन जना भरियालाई प्रहरीले गत पुस २१ गते तिलगंगाबाट पक्राउ गरेको थियो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv