काठमाडौं, २४ पुस – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल ‘डक्ट्रिन’ असफल नभएको भारतीय एक प्राध्यापकले पुस्तकमार्फत दाबी गरेका छन् । भारतीय गतिबिधिले नेपालमा भारतबिरोधी भावना बढे पनि केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिस्थापित गरी प्रचण्डलाई प्रधानमन्त्री बनाउन सकेकोमा मोदी डक्ट्रिन सफल भएको पुस्तकमा उल्लेख छ । संविधान जारी लगत्तैको आर्थिक नाकाबन्दी र त्यसअघिको बिदेश सचिव जयशंकरको नेपाल भ्रमणले भारतबिरोधी भावना बढाएको उनको बिश्लेषण छ । जिन्दल स्कूल अफ इन्टरनेशनल अफेयर्सका प्राध्यापक तथा डिन श्रीराम चाउलियाले ‘मोदी डक्ट्रिन ः द फोरेन पोलिसी अफ इण्डियाज् प्राइम मिनिष्टर’ नामक पुस्तकमा नेपाल भ्रमणमा मोदी अति लोकप्रिय भएको समेत उल्लेख छ ।
‘प्रधानमन्त्री मोदी दुईपटकको काठमाडौं भ्रमणमा अति लोकप्रिय भए । उनले नोभेम्बर २०१४ मा १८ औं सार्क सम्मेलनका लागि नेपाल भ्रमण गरे । उनले बंगलादेश, भुटान, भारत र र नेपाल (बिबिआइएन) लाई जोडेर वस्तु र सेवामा स्वतन्त्र आवतजावतको योजना बनाए’ पुस्तकमाथि टिप्पणी गर्दै द फ्रि प्रेस जर्नलमा लेखिएको छ ।
पुस्तकबारे चर्चा गर्दै समाचारमा भनिएको छ ,‘लेखकले नेपालमा मोदी डक्ट्रिन असफल भएको देखेनन् । सेप्टेम्बर २०१५ मा भएको आर्थिक नाकाबन्दीले भारतबिरोधी भावना बढायो । संविधान जारी गर्नु दुई दिन अघि भएको बिदेश सचिव जयशंकरको भ्रमण नेपालमा ठूलो मुद्धा बन्यो ।’
आर्थिक नाकाबन्दी र जयशंकरको भ्रमणलाई नेपालको राजनीतिक नेतृत्वले नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेपको रुपमा लिएको र परिणामस्वरुप प्रचण्डले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रुपमा प्रतिस्थापन गरिएको लेखकको पुस्तकमा उल्लेख छ ।
नेपाली नागरिकहरुले माओवादी केन्द्र र नेपाली कांग्रेसलाई एक ठाउँमा ल्याउन भारतले भूमिका खेलेको ठानेको पुस्तकमा उल्लेख छ । नेपालमा भारतीय नाकाबन्दीपछि चीनले ठूलै लाभ प्राप्त गरेको लेखेकको बुझाई छ । एक भूपरिबेष्ठित राष्ट्रका रुपमा नेपालले भारतमा धेरै भर नपर्ने भन्दै चीनसँग धेरै खालका सम्झौता गर्यो ।
पुस्तकको फोरवर्ड सौर्य डोबलले लेखेका छन् । उनी मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालका छोरा हुन् । उनी भाजपा निटक थिङकट्यांक इण्डिया फाउण्डेसनका निर्देशक हुन् ।
पुस्तकमा प्रधानमन्त्री मोदीले डायस्पोरालाई दिएको महत्वबारे उल्लेख छ । बाह्य भ्रमणमा जहाँ जाँदा पनि भारतीय समुदायलाई भेटेको र उनीहरुसँग अन्तरक्रिया गरेको बताइएको छ । प्रधानमन्त्री भएको पहिलो बर्षको अन्त्यसम्ममा १८ देशको भ्रमण गरेका मोदीले सन् २०१६ को जुलाईसम्ममा ४२ देशको भ्रमण गरे, जसमा ६ देशले उनलाई दुइपटक आथिथ्यता प्रदान गरे भने एक देशले चारपटक आथित्थता दियो । यति छोटो समयमा यति धेरै भ्रमण कुनै पनि भारतीय पूर्ब प्रधानमन्त्रीले गरेका थिएनन् ।
पुस्तकमा प्रधानमन्त्री मोदीले सार्क र छिमेकीलाई प्राथमिकतामा राखी सबै सार्क देशका राष्ट्र तथा सरकार प्रमुखलाई सपथग्रहण समारोहमा बोलाएको, त्यसैगरी भ्रमणको शुरुवात भुटान र नेपालबाट गरेको उल्लेख गर्दै नेपालप्रति महत्व दिएको बताइएको छ ।
चक्रपथ डटकम बाट
Post a Comment