Latest Updates :

चीन र नेपालको संयुक्त सैन्यअभ्यास रोक्न भारतीय राजदूत रन्जित रे दौडधुप गर्दै, काठमाडौंमा रहेका भारतीय एजेन्टहरु भागदौडमा


SHARE THIS POST :
लाइट नेपाल
काठमाडौं, १८ पुस।
 विश्वमा उदयीमान शक्तिको रुपमा अगाडि बढ्दै गरेको चीन र दक्षिण एसियाको सानो भारतद्वारा हेपिएको मुलुक नेपालका सेनाबीच संयुक्त रुपमा सैन्य अभ्यास गर्ने बेईजिङको उद्घोषसँगै नयाँदिल्ली तरंगित बन्न पुगेको छ । बेईजिङले गतसाता गरेको यस्तो घोषणासँगै काठमाडौंस्थित भारतीय दुताबासले सक्रियता बढाएको छ । नेपालका लागि भारतीय राजदूत रञ्जित रे एकाएक नयाँदिल्ली पुगेर आफ्नो सरकारलाई ब्रिफिङ गरेका छन् भने काठमाडौंमा रहेका भारतका लागि काम गर्ने एजेन्टहरुको समेत भागदौड निकै बढेको हो । दक्षिण एसियाको सबैभन्दा पुरानो देशको सबैभन्दा पुरानो सेनाको रुपमा नेपाली सेनाले पहिलो पटक चीनियाँ जनमुक्ति सेनासँग सैन्य अभ्यास गर्न लागेको हो । यसअघि भारतीय योजनामा अमेरिकी सेनासँग नेपाली सेनाले संयुक्त रुपमा सैन्य अभ्यास गरेको भएपनि हालसम्म छिमेकी मुलुक भएर पनि चिनियाँ सेनसँग सैन्य अभ्यास गरेको थिएन । यसलाई दुरगामी दृष्टिकोणबाट नेपालमा चीनको आगमन थप बलियो रुपमा हुने चर्चा राजनीतिक वृत्तमा चलेको छ ।

नेपाल र चीनबीच सन् २०१७ को शुरुमा हुने भनिएको सुयुक्त सैन्य अभ्यासले भारत चिन्तित बनेको भारतीय मिडियामा मच्चिएको कोकोहोलोबाट देखिएको छ ।

बिहिबार प्रकाशित टाईम्स अफ् ईन्डियाले केपी ओलीलाई हटाएर प्रचण्डले सत्ता लिए पछि भारतसगँको सम्बन्ध पुनस्थापित भईरहेका बेला यो अभ्यास हुन लागेको भन्दै खबर लेखेको छ । केही समय अघि मात्रै भारतले नेपाली सेनालाई शान्ति सेनामा पठाउदा भारतीय छाताभित्र समावेश गर्न दवाव दिएको सार्वजनिक भएको थियो । भारतीय चाहना विपरित चिनियाँ सेनासँग सैन्य अभ्यास हुने लागेपछि त्यसलाई रोक्न नयाँदिल्ली सक्रिय रुपमा लागि परेको छ ।

अखबारले भारतले गिलगित क्षेत्रमा भारतलाई चिनीया उपस्थिति जाच गर्न कठिन भईरहेका बेला यो काठमाण्डौंद्धारा प्रस्तावित अभ्यासले सम्बन्धमा तनाव पैदा गर्न सक्ने चेतावनी दिएर स्थितिलाई सामान्यीकरण गर्न खोजेको देखिएको छ । यद्यपि, भारतका लागि नेपाली राजदुत दिप कुमार उपाध्यायले यो अभ्यास सानो स्तरमा गर्न लागिएको र यस्तो अभ्यास अरु देशसगँ विगतमा पनि भएको भन्दै भारतीय पक्षलाई फकाउन सक्रिय भएर लागि परेका छन् ।

नेपालको सैन्य अभ्यासको निर्णयले भारतको नेपाल तथा चीनसगँको सम्बन्धको स्तरमा एउटा जटिलता थपिन सक्ने चेतावनी दिल्लीस्थित भारतीय अधिकारीहरुले नेपाली अधिकारीलाई निरन्तर दवाव दिइरहेका छन् ।

भारतीय विदेश मन्त्रालयले नेपालसँग भारतको रक्षा सम्बन्ध, सैन्य शिक्षा आदान प्रदान, सयुक्त अभ्यास, सैन्य सामाग्री आपुर्ति जस्ता विषयमा सम्झौता रहेको भन्दै घुमाउरो रुपमा बेईजिग काठमाण्डौं सैन्य सम्बन्ध बिस्तारको सभावनालाई चेतावनी दिएर चीनसँगको सैन्य अभ्यास रोक्न प्रयासरत रहेको देखिएको छ ।

दक्षिणी छिमेकी मुलुक भारतीय सेनासँग नेपाली सेनाले विगत एक दशकभन्दा लामो समयदेखि संयुक्त सैन्य अभ्यास गर्दै आएकोमा यस पटक पहिलो पटक चीनसँग नेपाली सेनाले संयुक्त सैन्य अभ्यास गर्न लागेको हो ।

भारतीय सैन्य अधिकारीहरुले समेत चीन नेपालबीच हुने सैन्य अभ्यासले भारतलाई कुनै पनि हालतमा सहयोग नपुग्ने भन्दै रोक्न दवाव दिन प्रयासरत रहेका छन् । चिनियाँ जनयमुक्ति सेनासँगको संयुक्त सैन्य अभ्यास रोक्न भारतले छिट्टै प्रधानमन्त्री प्रचण्डलाई दवाव दिने उद्देश्यले राजदूत रे नयाँदिल्लीमा बसिरहेका छन् ।

विगत पाँच दिनदेखि नयाँदिल्लीमा रहेको रेले सैन्य अभ्यास रोक्न भूमिका खेलिरहेको सूत्रको दावी छ । स्मरणरहोस्, हाल नेपाली सेनाले सबै भन्दा धेरै वैदेशिक सहयोग चीनबाट पाईरहेको छ भने धेरै सैन्य सामाग्री खरीद भारतबाट गर्दै आएको छ । स्रोत – नयाँ प्रकाश साप्ताहिक


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv