Latest Updates :

कुवेतमा उपचार गराइरहेकी ताराले अस्पतालको बेडबाटै गरिन् सहयोगको अपिल


SHARE THIS POST :

कुवेत – कुवेतको जाहारा हस्पिटलमा बिगत एक बर्षदेखि उपचार गराउदै आएकी तारा थापा मगरले अस्पतालको बेडबाटै सहयोगको अपिल गरेको गरेकी छिन् | पाल्पा जिल्ला दोभान-५ घर भएकी तारा गम्भीर अवस्थामा उपचार गराइरहेकी छिन् | उनको दाहिने पट्टीको पुरै शरीर चल्दैन |

 एक बर्ष पहिले अचानक बेहोस भै ढलेकी तारालाई २८ दिन सम्म अस्पतालको आसियुमा राख्न परेको थियो भने १६ दिनपछि मात्र होस् खुलेको थियो । आर्थिक अवस्था कमजोर भएकी ताराको तत्काल मस्तिष्कको अर्को अप्रेसन गर्नुपर्ने भएपछि उनि थप समस्यामा परेकी छिन् | आज रातोपाटी संग कुरा गर्दै ताराले सम्पूर्ण नेपाली जनसमुदायमा सहयोगको अपिल गरेकी छिन् |

 उनले सहयोगको अपिल गर्दै नेपाल फर्कने वातावरण मिलाउन पहल गरिदिन सम्बन्धित निकाय, नेपाली दुताबास कुवेत लगायत कुवेतका सम्पूर्ण संघसंस्थालाई अनुरोध समेत गरेकी छिन् | टेलरिङको काममा ५ बर्ष पहिले कुवेत आएकी ताराको नेपालमा एक छोरा छन् भने श्रीमानको मृत्यु भै सकेको छ |

आर्थिक अवस्था अत्यन्तै कम्जोर रहेकी तारालाई हाल मेधबिर श्रेष्ठले हेरचाह गर्दै आएका छन् | सहयोग गर्न चाहने सहयोगी मनहरुले निम्न नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ | एनआरएनए महिला प्रतिनिधि- मधु मगर +९६५-६०४२३९२२ ताराको हेरचाह गरिरहेका- मेघबिर श्रेष्ठ- +९६५-५५९००५२९, ५५०७३१६२

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv