Latest Updates :

दामन हिउँले सेताम्मे, ४ फिटसम्म जम्यो हिउँ


SHARE THIS POST :
मङ्गलबार, १९ पुष २०७३
अर्थ संसार

काठमाडौं–मकवानपुरको पहाडी क्षेत्र दामनमा मंगलबार दिउँसोदेखि हिमपात भएको छ । हिमपातपछि सिमभञ्ज्याङ क्षेत्रमा निकै चिसो बढेको छ । झण्डै २५०० मिटर उचाइमा रहेको सिमभञ्ज्याङमा हिउँ परेपछि काठमाडौंदेखि हिउँ खेल्न आउनेहरुको भिड बढेको छ ।




दामन क्षेत्रमा हिउँ परेपछि तापक्रम निकै घटेको छ । यसले गर्दा चिसो निकै बढेको छ । पानी परेपछि पश्चिमी वायुको प्रभावले उच्च पहाडी भेगमा हिउँ परेको मौसम विज्ञान विभागले जनाएको छ । सिमभञ्जयाङ् क्षेत्रमा ४ फिट हिउँ जमेको छ । यसले गर्दा सडकसमेत अवरुद्ध भएको स्थानीय बासिन्दाले बताएका छन् ।ललितपुरको फुल्चोकी, भट्टेडाँडा, काभ्रेको ढुंखर्कमा समेत मंगलबार हिउँ परेको थियो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv