Latest Updates :

प्रचण्डले अहिले समको सबैभन्दा ठूलो राष्ट्रघात गरे ,भारतिय सुरक्षाकर्मि बिमानस्थलमा बस्ने


SHARE THIS POST :

प्रचण्डले गरे ठूलो राष्ट्रघात,भारतिय सुरक्षाकर्मि बिमानस्थलमा बस्ने
११,माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भारतीय हवाई सुरक्षा बल (एयरमार्सल) लाई बस्ने स्वीकृती दिएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले राष्ट्रघात गरेको आरोप लगाएको छ।

मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै विप्लवले पुस ५ गते नेपाल र भारतका पर्यटन तथा नागरिक उड्यन अधिकारीबीच हवाई ट्राफिक तथा नयाँ रुटबारेको दुई दिने बैठकले विमानस्थलमा एयरमार्सल बस्ने निर्णय गर्दा सरकार चुपचाप बसेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।





‘नेपाली जनता र संसदको अनुमति बिना नेपालको एक मात्र अन्तराष्ट्रिय हवाई अड्डा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एयरमार्सल बस्ने स्वीकृति दिएको सम्झौता भएको जानकारी आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, हालसम्म प्रचण्ड सरकारले यसबारे जनतालाई कुनै जानकारी दिएको छैन, यो एउटा गम्भीर राष्ट्रघात र आत्मसर्पण हो ।’

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv