Latest Updates :

लोडसेडिङ हटाएपछि ट्रान्सफर्मरतिर कुलमानको नजर, बिजुली वितरण प्रणाली सुधार्न थप १० हजार ट्रान्सर्फमर जोडिने तयारी


SHARE THIS POST :

५ माघ, काठमाडौं । लोडसेडिङका दुईवटा कारण थिएः एक- विद्युतको कालोबजारी, र दोस्रो- प्रसारण लाइन, पोल, तार एवं ट्रान्सर्फमरको गएगुज्रेको अवस्था ।
प्राधिकरणमा कुलमान घिसिङले नेतृत्व सम्हालेपछि ‘बिजुली चोर’ हरुको निद्रा हरण भइसकेको छ । र, अब दोस्रो चरणको सुधार योजना अन्तरगत प्राधिकरणका अधिकारीहरुको ध्यान विद्युतको वितरण प्रणालीमा सुधार ल्याउनेतिर केन्द्रित हुन थालेको छ । नेपाल विद्युत प्राधिकरणले वितरण प्रणालीमा सुधार ल्याउनका लागि थप १० हजार थान नयाँ ट्रान्सर्फमर जोड्ने भएको छ । देशलाई लोडसेडिङमुक्त बनाउने अभियान सुरु भएसँगै अबको दुई वर्षभित्र १० हजार नयाँ ट्रान्सर्फमर जडान गर्ने योजना बनाइएको हो ।

वितरण प्रणालीमा अत्यावश्यकीय सुधार एवं विस्तारका लागि थप १० हजार ट्रान्सर्फमर जडान गर्ने योजना बनेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले अनलाइनखबरलाई जानकारी दिए । विभिन्न चरणमा गरेर ट्रान्सर्फमर खरिद गर्न लागिएको उनले बताए । दूरगामी योजना ‘अब हामी वितरण प्रणालीमा अग्रगामी सुधार चाहिरहेका छौं, ग्राहकसम्म बजिुली पुग्दा आउने अनेकन समस्याहरु छिचोल्न ट्रान्सर्फमरलाई बढाउनुपर्ने देखिन्छ’ उनले अनलाइनखबरसँग भने । अबको दुई वर्षपछि लोडसेडिङको चुनौति समाप्त हुँदैछ । त्यसपछि प्राधिकरणले बिजुलीको गुणस्तरीयतामा समेत ध्यान दिने योजना बनाएको छ ।

‘अबको दुईवर्ष पछि नागरिकलाई कम बिजुली खपत गरिदेउ न भन्ने अवस्था रहँदैन, त्यसो भयो भने प्राधिकरणको अवस्था झन खस्कनेछ’ अधिकारीले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘अब हामीले लोडसेडिङ अन्त्य भएपछि नागरिकलाई जतिसक्दो बढी बिजुली खपत गर भन्ने हा, त्यसका लागि वितरण प्रणालीको पूर्वाधारमा पनि लगानी बढाउनुपर्छ ।’ ट्रान्सर्फमर खरिदको गृहकार्य हुँदै वितरण प्रणालीको सुधारका लागि ट्रान्सर्फमर खरिदको खाका तयार गरेर त्यसलाई कसरी ब्यवस्थापन गर्ने भन्ने पूर्वयोजना प्राधिकरणले बनाइरहेको अधिकारीले बताएका छन् । उनका अनुसार धेरै स्थानमा गुणस्तरीय ट्रान्सर्फमर नहुँदा बिजुलीको प्रावधिक चुहावट पनि त्यसैबाट हुने गरेको छ ।

यसैगरी मागअनुरुप ट्रान्सर्फमरको क्षमता कमजोर हुँदा धेरै क्षेत्रमा नागरिकले गुणस्तरीय बिजुली उपयोग गर्न पाएका छैनन् । कतिपय ठाउँमा बिजुली पुगे पनि मधुरो बत्तीमै बस्नुपर्ने बाध्यता विद्यमान छ । कतिपय शहरी क्षेत्र पनि यस्ता समस्याबाट अछुतो छैनन् । त्यसैले बिजुलीका उपभोक्तालाई अधिकतम् बिजुली उपयोग गर्न प्रोत्साहित गर्न समेत ट्रान्र्फमरको संख्या बढाउन आवश्यक रहेको निश्कर्ष प्राधिकरणको छ । खपत बढाउने चुनौति पिक आवरमा बिजुलीको माग उच्च भए पनि अन्य समयमा बिजुलीको माग न्युन भएकाले प्राधिकरणले अबको दुईवर्षपछि बिजुलीको उपयोग दर बढाउन पनि आवश्यक ठानेको छ । त्यसका लागि नागरिकलाई गुणस्तरीय र निरन्तर बिजुली आपूर्तिको प्रत्याभूति दिनुपर्ने प्रवक्ता अधिकारी बताउँछन् ।

‘लोडसेडिङ अत्त्य भएपछि घर-घरमा बिजुलीका सामाग्रीको उपायेग बढ्नुपर्छ । नाकाबन्दीमा ग्यास अभाव हुँदा इन्डक्शन चुल्हो बालिएजस्तै बिजुलीको आपूर्तिप्रति नारिक विश्वस्त भएर त्यस्ता उपकरणहरुको प्रयोग हुनुपर्छ’ अधिकारीले भने- ‘त्यसका लागि आवश्यक वातावरण तयार गर्न हामीले पूर्वयोजना बनाएका हौं ।’ अहिले काठमाडौंमा पिक आवरमा ३२० मेगावाट बिजुलीको माग छ । तर, त्यो मध्यरातपछि घटेर १२० मेगावाटको हाराहारीमा र्झछ । यसबाटै पनि बिजुलीको खपतमा नेपाली बजार कति कमजोर छ भन्ने प्रष्ट हुन्छ । रातमा चलायमान हुने देशको एकमात्रै शहर मानिने काठमाडौंमै पनि रातमा बिजुली खपत निकै कमजोर देखिन्छ ।

‘अहिले पो बिजुलीको समस्या छ । अब हामीसँग माथिल्लो तामाकोशीको बिजुली आउनासाथ यो बिजुलीको खतपदर बढाउन आवश्यक हुन्छ’ अधिकारीले भने, ‘हामी अब प्राधिकरणका सबै संरचनालाई अधिकतम् बिजुली उपयोगमैत्री बनाउन लागेका छौं । यसका लागि नयाँ ट्रान्सर्फकरहरु उपयोगी हुनेछन् । प्रणाली विस्तार र सुधारको योजना खरिद गरिने नयाँ ट्रान्सर्फमर ग्रामीण विद्युतीकरणमा पनि उपयोग हुनेछ । लोडसेडिङ अन्त्य भएपछि गाउँमा पनि साना उद्योगहरु खुल्ने वातावरण तयार हुने भएकाले त्यसका लागि पनि यो आवश्यक मानिएको छ । प्राधिकरणको अहिलेको वितरण प्रणाली निकै कमजोर र अवैज्ञानिक छ । स्थानीय क्षेत्रको माग र खपतको अवस्थासँग ट्रान्सर्फमरको क्षमता मेल नखाएका कारण पडि्कने समस्या पनि यथावत छ ।

काठमाडौंमा यही अवस्था अन्त्य गर्न प्राधिकरणले प्रणाली सुधारका लागि पछिल्ला समयमा थुप्रै काम गरेको जनाएको छ । लोडसेडिङ हटाउने अभियानलाई पनि सबल प्रणालीले सहयोग गर्ने भएकाले आवश्यकता र औचित्यका आधारमा ट्रान्सरर्फमरहरु फेर्ने काम तीब्र पारिएको प्रवक्ता अधिकारीले बताए । ‘काठमाडौंको वितरण प्रणालीमा गरिएको सुधार पनि अहिले महत्वपूर्ण छ । वितरण प्रणालीलाई वैज्ञानिक रुपमा व्यवस्थापन गर्नु हाम्रो चुनौति थियो’ अधिकारीले भने, ‘हामीले प्रयत्नहरु गरेका छौं । यसले सकारात्मक नतिजाहरु पनि देखिएका छन् ।’

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv