क्वालालम्पुर । मलेसियाको बोर्नेओ सामुद्रिक क्षेत्रमा २८ जना चिनियाँ नागरिकसहित कुल ३१ जना यात्रु सवार रहेका डुङगा बेपत्ता हुँदा हराएका २५ जना चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको छ । डुङ्गा कोटा किनाबलुदेखि ६० किलोमिटर पश्चिममा पर्ने मलेसियाली टापुतर्फ गइरहेको तर खराम मौसमका कारण दुर्घटना भएको बताइएको छ ।
मलेसियाली उद्धार टोलीले समुद्रमा डुङ्गासँगै हराएका भनिएका २५ चिनियाँ पर्यटकलाई आइतबार दिउसो उद्धार गरेका मलेसियाका प्रधानमन्त्रीको विभाग हेर्ने मन्त्रीशाहिदान कासिमले बताउनुभयो । उहाँले छ जना अझै हराइरहेका बताउनुहुदै उनीहरूको खोजी तदारुकताकासाथ भइरहेको छ । मलेसियाको सामुद्रिक पर्यटन नियमक निकायका प्रवक्ताका अनुसार सो डुङ्गामा २८ चिनियाँ नागरिक बाहेक अन्य तीन चालकदलका सदस्य रहेका थिए ।
Post a Comment