Latest Updates :

भाउजुले अन्तरे देवर भगाएपछि !


SHARE THIS POST :

उदयपुर । यौवनको मात चढेपछि प्यास मेटाउन कसैले कसैलाई नचिन्दो रहेछ । यौन प्यास मेटाउन उसले आफ्नो परिवारका सदस्य, उमेर, जात, धर्म के हो नचिन्दो रहेछ । यस्तै भएको छ उदयपुरमा एक परिवारमा । एउटी भाउजुले आफ्नै देवरलाई भगाएका छन् । आफ्नै श्रीमति वर्ष अन्दाजी वर्ष २८ की यसोद्धा गिरीले आफ्नै भाई वर्ष २३ का हिमाल गिरीलाई भगाउँछ भनेर सोचेका थिएनन ईन्द्र गिरीले । तर यस्तै भएको छ, उनको पारिवारिक जिवनमा ।


यो घटनाले जिल्लामा सनसनी फैलिएको छ । यो घटना उदयपुरको पंचावती गाविस–४ स्थित खत्रीटारको हो ।१५ वर्ष अघि ईन्द्र र एशोद्धाको गाउँमै मागी विवाह भएको थियो । सामान्य चिनजानले इन्द्रले एशोद्धासँग विवाह गरेका थिए । उनीहरुको दुई छोरा र एक छोरी छन् । जेठो छोरा वर्ष १२ का मिलन गिरी र कान्छो छोरो वर्ष ८ का निखिल गिरी र छोरी वर्ष ४ की निकिता गिरी रहेका छन् ।

ईन्द्र गिरी दुई वर्षदेखि बैदेशिक रोजगारको शिलशिलामा मलेसियामा छन् । उनले श्रीमति छोरा छोरीलाई घरमा छोडी कमाउन बिदेश गएका थिए । तर घरमा श्रीमति र भाईले निच स्तरको लिला रच्छ भनेर सोचेका पनि थिएनन् ईन्द्रले । तर यस्तै भएछ । श्रीमतिले कहिले कोसंग, कहिले कोसंग हुँदा हुँदै आफ्नै माहिला भाई हिमाललाई आफ्नो जालमा पारी हिडेपछि आफु छाँगाबाट खसेतुल्य भएको इन्द्र गिरीले बताए । दाजु भाईमा अंशबण्डा भएको १० वर्षभन्दा बढि भैसकेको छ ।

मलेसियाबाट श्रीमानले बेलाबेलामा पैसा पठाउने गरेको थियो तर श्रीमतिले यौवनको मातले पैसा जति सवै सखाप पारेको इन्द्र र हिमालका बुवा १०० वर्षिय तारानाथ गिरीले बताए । ‘दुई वर्षको अवधिमा ४ लाख रुपैयाँ छोराले श्रीमतिको नाउमा पठाए । तर सवै पैसा कत्ता खर्च गरे के गरे अत्तोपत्तो छैन् । नाती नातिनाको दुई वर्षदेखि हेरविचार गरेको छैन् । नाति, नातिना विद्यालय नगएको दुई वर्ष भैसक्यो । बुहारीले पैसा जति श्रीमान् फेर्दैमा सकियो ।’ उनले भने, ‘त्यसले नपुगेर बुहारीले घरको खशी बोका, बाख्रा, कुखुरा, अन्नपात बेचेर आफ्नै अन्तरे छोरा टिपेर हिडेपछि नाबालक दुई छोरा र एक छोरीको कन्तविजोक भएको छ ।’

‘आफुलाई राज्यले दिएको वृद्धाभत्ताबाट दुख, सुखले खाएको थिए तर अव के गर्ने नावालक बाच्चाहरुपनि आफुमाथि नै आई लाग्यो’, इन्द्रका बुबा तारानाथले आँखाभरी आँशु झार्दै भने, ‘विदेशमा भएको छोरो कहिले आउने हो यहाँ आफ्नो र नाती नातिनाको विजोक हुने भयो ।’
भाउजु र देवरलाई पटक पटक समाजमा बसेर घृणित कार्य नगर्न छुट्याएपनि केही दिनमै फेरी उहि रवैया गरेको इन्द्रका बुबा तारानाथले बताए । भाउजु र देवरको अनैतिक सम्बन्धले अहिले ४ महिनाको गर्भ रह्न गएकोले सामाजले गाउँ निकाला गरेको स्थानीय शिव गिरीले बताए । उनीहरुलाई यस गाउँमा कहिलै पनि मुख देखाउने गरी गाउँ निकाला गरेको छौं, शिवले भने ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv