लाइट नेपाल मिति : Sunday, January 22nd, 2017
आज श्री शाके १९३८, बि.सं. २०७३ साल माघ ९ गते आइतबार तदानुसार इश्वी सन् २०१७ जनवरी २२ तारीख, माघ कृष्ण दशमी तिथी २२:१४ बजे सम्म चन्द्रमा बृश्चिक राशीमा सूर्य उत्तरायण शिशिर ऋतु (ज्यो. प. सरोज घिमिरे / लाइटनेपाल डटकम )
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
गरिरहेको काममा सामान्य झन्झट आईपर्न सक्ला । अरुको भर पर्ने बानिले कार्यमा ब्यबधान प्राप्त हुनेछ । खानपानमा बिषेश होश पू¥याउनु होला । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मान्यजनसगँको सम्बन्धमा सामान्य खराबि आउने योगरहेको छ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
भोग विलाशको क्षेत्रमा समय ब्यतीत रहला । ब्यापार ब्यवसायको क्षेत्रमा लगानि गर्दा भोलि लाई फाईदा हूने योग रहेको छ । पारिवारीक सम्बन्धमा सामान्य खटपट आईपर्न सक्ला । स्वयम निर्णय गर्न नसक्नाले अरुको निर्णयमा चल्नु पर्ने समय रहेको छ ।
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
अरुको बिस्वास गर्नाले बन्नलागेको काममा धोका हुन सक्ला । सामाजिक कार्यमा समय खर्चिनु पर्ने समय रहेको छ । शत्रु परास्त होलान । अरुको फाईदाको निम्ति धेरै परीश्रम गनु पर्ने दिन रहेको छ । खर्चिलो यात्राको सम्भाबना रहेको हुदाँ सचेत रहनु पर्ने छ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आफु भन्दा सानाको सहयोगले कार्य सम्पादानमा सहज हुनेछ । शान्त बाताबरणमा मन रम्नेछ । पठनपाठनमा समय मध्यम रहनेछ । परीबारका कुनै सदस्यको स्वास्थ मा समस्या आउनाले सामान्य चिन्ता भोग्नु पर्ला । लेनदेनमा बिचार पु¥याउनुहोला ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सबारी साधनको प्रयोगमा बिषेश ध्यान दिनु होला । पारीबारिक झोरझमेलाले सताउन सक्ने छ । दाम्पत्य सम्बन्धमा सामान्य खराबी आईपर्ला । नयाँ कार्यको थालनिले मन प्रशन्न रहनेछ । तपाईले गरेको मेहनतको कदर नहुदा मन खिन्न हुन सक्छ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पराक्रममा बृद्धि हुने योग रहेको छ । मित्रजनको सहयोगले आम्दानिका स्रोतहरु मजबुत रहनेछ । प्रतिस्पर्धी परास्त होलान् । थोरै प्रयत्नले पनि राम्रो फल प्राप्त हुने समय रहेको छ । अग्रज हरुको अनुशरणले कार्य सम्पादनमा सहजता रहनेछ । भाग्योदयको योग रहेको छ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
बाणिका कारण नजिकका ब्यक्तिहरु रुष्ट रहन सक्नेछन् । खानपानमा बिषेश ध्यान पु¥याउनु पर्ने समय रहेको छ । संञ्चित रकम खर्चिनु पर्ला । आफ्नो कमजोरीको फाईदा अरुलेनै उठाउन सक्नेछन् । कुनैकुराको सम्झौता तपाईको लागी अहित साबित हुन सक्छ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
निर्णय गर्ने क्षमतामा कमि आउनाले कार्यमा ब्यबधान आउन सक्छ । पारीबारिक सम्बन्धमा सामान्य खटपट आईपर्ला । शारीरिक आलस्यताले कार्य क्षेत्रमा सामान्य ढिलाई झेल्नु पर्ला । स्वास्थमा साधारण समस्या देखा पर्न सक्नेछ सजग रहनु होला ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुनाले सामान्य तनाब आईपर्ला । आर्थिक लेनदेनमा बिषेश सजग रहनु पर्ने दिन रहेको छ । प्रिय ब्यक्ति सगँको बिछोडले मन खिन्न रहने छ । धनमालमा साधारण क्षति हुनसक्ने सम्भाबना रहदा सजग रहनु होला । खर्च बढ्न सक्ला ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आम्दानिका बिभिन्न स्रोतहरु फेला पर्ने छन् । चल सम्पतिका निम्ति गरीएका लगानि फाईदा जनक रहने छ । बौदिक बिकाशका कार्यमा जुट्रनु पर्ने समय रहेको छ । आफुभन्दा सानाको साथ र सहयोग बाट गरिएका कामहरुबाट बिषेश सफलता प्राप्त हुनेछ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
अग्रज ब्यक्ति हरुको अनुशरणले कार्यमा सफलता प्राप्त हुने छ । सामान्य काममा धेरै समय र श्रम खर्चिनु पर्नेछ । सभासम्मेलनमा सहभागीता जनाउने अबसर प्राप्त हुनेछ । पारीवारिक सम्बन्धमा सुधार आउने समय रहेको छ । प्रतिस्पर्धी परास्त होलान् ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
यात्रामा सजग रहनु होला । तपाईले गरेको कार्यको जस अरुलाईनै प्राप्त हुनाले मन निरुत्साहित हुन सक्ला । अरुको भर पर्नाले सामान्य अप्जस आईपर्न सक्ला । नसोचेको क्षेत्रमा तात्कालिक खर्च गर्नु पर्दा खिन्नता बोध हुन सक्ला । लेनदेनमा बिचार पु¥याउनुहोला ।
Post a Comment