Latest Updates :

सुनको भाउ बुधबार पनि बढ्यो, अझै बढ्ने सम्भावना


SHARE THIS POST :
न्यूजअभियान | प्रकाशित मिति : २०७३ माघ ५ बुधबार


काठमाडौं, ५ माघ । पुस महिना लागेदेखि बढेको सुनको भाउ अझै महंगिने सुनचाँदी व्यवसायीले बताएका छन् ।

सुनको भाउ बढेर बुधबार तोलामा ५५ हजार ५ सय रुपैयाँ पुगेको छ । यो फाइन गोल्ड अर्थात ९९ दशमलव ९९ प्रतिशत शुद्धता भएको सुनको भाउ हो ।

बुधबार ९९ दशमलव ५० प्रतिशत शुद्धता भएको सुन पनि तोलामा २ सय रुपैयाँले नै बढेको छ । मंगलबार ५५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ ५५ हजार २ सय रुपैयाँ पुगेको हो ।

बजारमा दुई थरीका सुनको कारोबार हुन थालेपछि उपभोक्ता अन्यौलमा परेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको शुद्धताका आधारमा दुई थरीको भाउ तोकिएको हो ।

यस्तै बुधबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी तोलाको ८ सय रुपैयाँ छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv