Latest Updates :

सुन काण्ड : झन् रहस्यमय, किन समातिएनन् मालिक ?


SHARE THIS POST :

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सजिलै बाहिरिएको ३३ किलो सुनको मालिक कहिले समातिएलारु यो सबैको जिज्ञासाको विषय बनिरहेको छ ।
केन्द्रीय अनुसन्धान व्युरो सीआइबीले विमानस्थलबाट सुन बरामद गरेको करिब दुई साता बित्न लाग्यो। तर, सुनको मालिक को हो भनेर पत्ता लगाउन सकेको छैन।
सीआईबीले आफूहरु अनुसन्धानमा रहेको बताईरहेको छ। तर पछिल्लो घटनामा सीआईबीले कुनै प्रतिक्रिया दिएको छैंन।
उच्च स्रोतका अनुसार सुनको मालिक पक्राउ गर्दा ठूलो मान्छे तानिने डरले अनुसन्धानको विवरण सार्वजनिक गरिएको छैन ।
सीआईबी प्रमुख डीआईजी नवराज सिलवाललाई सम्पर्क गर्दा उनले सधै एउटै जवाफ दिने गरेका छन्( हामीले अनुसन्धान जारी राखेका छौं।
सीआईबीले संगठित अपराध ऐन अनतर्गत छानविन गरिरहेको हुनाले अनुसन्धानको म्याद ६० दिनको हुन्छ। त्यो बेलासम्म कुने न कुनै रिपोर्ट आउँछ नै होला स्रोतले भन्यो। -नेपाल समाचार पत्रबाट

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv