Latest Updates :

चर्चित गित “सिम्पल सिम्पल कान्छीको,डिम्पल पर्ने गाला” गीतका गीतकार संकर घायल सँग प्रत्यक्ष कुराकानी भिडियो सहित


SHARE THIS POST :

‘कुनै बेला नखाएको बिष पनि लाग्दो रहेछ’
लाइट नेपाल मिति : Friday, January 20th, 2017

काठमाडौं – ‘सिम्पल सिम्पल कान्छी’ गीतबाट एकाएक चर्चामा आएका गीतकार शंकर अधिकारी ‘घायल’ लाई नचिन्ने विरलै होलान् । उनले हाँस्य टेलिसिरियल ‘मेरि बास्सै’को ‘खानु न पिउनु हजुर’ वोलको गीत पनि लेखे । उक्त गीत पनि निकै चर्चित बन्यो ।

गीतकार ‘घायल’ पछिल्लो समय लघु चलचित्र लेखन तथा निर्देशनमा निकै ब्यस्त देखिन्छन् । लघु चलचित्रको बारेमा उनलाई निकै ज्ञान पनि छ । उनलाई लघु चलचित्रको बिषयमा केही ब्याक्तिले केही आरोप प्रत्यारोप पनि लगाए ।
उनलाई ‘अश्लिलता बेच्ने’ भनि नामसमेत जोड्न भ्याए । तर, उनका लघु चलचित्रहरु हेर्दा समसासहि र चेतना मुलक नै देखिन्छन् । उनले समाजमा घटेका वास्तविक घटनाहरुलाई समेटी काल्पानिक ढंगबाट पर्दामा उतारेको पाईन्छ ।

उनलाई केही दिनअघि एक टेलिभिजनबाट प्रसारण समाचरले प्रभाव पारिरहेको बतएका छन् । आफूलाई नखाएको बिष लागेकोमा चित्त नबुझेको भन्दै उनले भने, ‘मिडियाको निकै पावर छ । त्यो मलाई राम्रोसँग थाहा छ । तर, पावार छ भन्दैमा वास्तविक कुरा नबुझि आफूशखुशी गर्न पाईँदैन ।’

सिम्पल सिम्पल कान्छीको गीतका गीतकार शंकर अधिकारी ‘घायल’को लाइटनेपाल सँग प्रत्यक्ष कुराकानी भिडियो हेर्नुहोस्


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv