Latest Updates :

महिलाबाटै महिला बलात्कार भएको सर्वोच्चको ठहर, यस्तो थियो घटना जसले कानुनमा नयाँ नियम थप्यो


SHARE THIS POST :
पुस-२८, सर्वोच्च अदालतले कानुनी इतिहासमा पहिलोपटक महिलाबाट महिला बलात्कार हुनसक्ने नजिर प्रतिपादन गरेको छ।  अनौठो तथ्यसहित जिल्ला अदालत सङ्खुवासभा हुँदै सर्वोच्चसम्म पुनरावेदन भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा सर्वोच्चले फौजदारी विधिशास्त्रमा नयाँ आयाम थपेको हो। यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ। न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको संयुक्त इजलासले मुलुकी ऐन जबर्जस्ती करणी महलको १ (घ) ले महिलाले महिलालाई बलात्कार गर्नसक्ने व्याख्या गरेको हो।  नेपाल सरकार वादी भई लाक्पा शेर्पाविरुद्ध दायर उक्त मुद्दामा प्रतिवादीले परिचय लुकाई कृत्रिम लिङ्ग प्रयोग गरी प्रेमिका बनाएकी बालिकालाई बलात्कार गरेको ठहर सर्वोच्चले गरेको छ।  अदालतको ठहर अनुसार प्रतिवादी लाक्पा शेर्पालाई सात वर्ष कैद सजाय पनि सर्वोच्चले सुनाएको छ। संयुक्त इजलासले मुलुकी ऐनसँगै लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन २०७२ ले महिलाबाट महिला बलात्कार हुनसक्ने अवस्था रहेको व्याख्या गरेको हो।  संयुक्त इजलासको फैसलामा भनिएको छ, “हाम्रो सन्दर्भमा हेर्दा लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७२ बाट थप भई मुलुकी ऐन जबर्जस्ती करणीको महलको १ (घ) मा गुदद्वार वा मुखमा लिङ्ग पसाएमा वा लिङ्गबाहेक अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जबर्जस्ती करणी गरेको मानिनेछ भन्ने व्यवस्था भएको देखिन्छ।  यसबाट जबर्जस्ती करणी कायम हुनको लागि प्राकृतिक लिङ्ग मात्र नभई अन्य वस्तुको पनि प्रयोग हुनसक्छ भन्ने अवधारणालाई हाम्रो कानुनले पनि स्वीकार गरेको देखिन्छ। ” यस्तो थियो घटनाक्रम फोनबाटै चिनजान भएका लाक्पा (अजय) र यमुना (नाम परिर्वतन) प्रेममा थिए।  प्रेम सम्बन्ध अगाडि बढ्दै गएपछि दुवै जना विवाहको तयारीमा थिए।  दुवैको सल्लाह अनुसार २०६७ फागुन २२ गते लाक्पा प्रेमिका भेट्न मोरङबाट सङ्खुवासभा पुगेका थिए। लाक्पा र यमुनाको योजना अनुसार नै विवाहको योजना अगाडि बढेको थियो।  सोही योजना अनुसार लाक्पा प्रेमिका भेट्न सेदुवा पुगेका थिए।  सेदुवामा प्रेमिका भेट गरी लाक्पा उक्त दिन प्रेमिकाकै मामाघरमा बसे।  मामाघरमा खाना खाएर सुत्ने क्रममा लाक्पाले प्रेमिकालाई आफैँसँग बोलाई सँगै बस्न आग्रह गरे। प्रेमीको आग्रह अनुसार यमुना उनीसँगै बसिन्।  वादी प्रतिवादीले अदालतमा दिएको बयान अनुसार दुवैको सहमतिमा यौन कार्य भयो।  तर, घटनाको भोलिपल्ट समाजमा कुरा चल्यो यमुनाको प्रेमी केटा हैन केटी हो।  सुरुमा पत्यार नभए पनि लाक्पाको शरीर परीक्षण भयो।  शरीर परीक्षणमा लाक्पा केटी भएको प्रमाणित भएपछि उनीविरुद्ध जबर्जस्ती करणी र मानव बेचबिखनमा मुद्दा चल्यो।  लाक्पाले प्रेमको प्रपञ्च गरी बालिका यमुनालाई कृत्रिम लिङ्ग प्रयोग गरी बलात्कार गरेको आरोप लागेको थियो।  आरोप अनुसार सङ्खुवासभा जिल्ला अदालतले लाक्पालाई ६ वर्ष कैद सजाय सुनाएको थियो तर तत्कालीन पुनरावेदन अदालत धनकुटाले जिल्लाको फैसला केही उल्टी गरी सात वर्षको सजाय सुनाएको हो।  पुनरावेदन सुनुवाइ गर्दै सर्वोच्च अदालतले पुनरावेदनको फैसला सदर गरी फौजदारी विधिशास्त्रमा पहिलोपटक महिलाबाट महिला बलात्कार हुनसक्ने नजिरसमेत प्रतिपादन गरेको हो।



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv