Latest Updates :

दरबार हत्याकाण्डमा चर्चित देवयानी राणा अब राजनीतिमा


SHARE THIS POST :

काठमाडौं, १७ माघ०७३/ राप्रपाका निवर्तमान अध्यक्ष पशुपतिशमशेर राणाकी छोरी देवयानी राजनीतिमा सक्रिय हुने भएकी छिन् । राप्रपाको दोलखा जिल्लासमिति अन्तर्गत शैलुंगेश्वर गाउँ इकाइ समितिले ६ माघमा देवयानीलाई र्जिल्ला अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि बनाएको छ ।

बाबुले सिन्धुपाल्चोकलाई आधार मानेर राजनीति गरिरहेका बेला छोरी देवयानीले भने दोलखालाई आधार बनाउन लागेकी हुन् । गाउँ इकाइ समितिको भेलामा भने देवयानी शैलुंगेश्वर गइनन् ।

‘हाम्रो गाउँ इकाइ समितिले उहाँलाई क्षेत्रीय प्रतिनिधि बनाएको छ, अब उहाँ जिल्ला प्रतिनिधि बन्नुभयो भने राप्रपाको महाधिवेशनमा सहभागी हुने बाटो खुल्नेछ,’ राप्रपाका केन्द्रीय सदस्य शोभित उप्रेतिले भने, ‘त्यसपछि उहाँ सक्रिय राजनीतिमा आउने सम्भावना रहन्छ । उप्रेती राणा निकट हुन् ।

जिल्ला अधिवेशनमा पनि देवयानी दोलखा जाने–नजाने यकिन छैन । उनी हाल काठमाडौंमै छिन् । ६ माघमा भएको गाउँ इकाइ समितिको भेलाले देवयानीलाई इकाइ सदस्यमा पनि निर्वाचित गरेको छ । क्षेत्रीय प्रतिनिधिमा देवयानीसँगै उप्रेती, भोजराज आचार्य, मन्दा थपलिया, अपूर्वा शेर्पा र जगतबहादुर तामाङ चयन भएका छन् ।

दरबार हत्याकाण्डमा चर्चित थिइन देवयानी
देवयानी १९ जेठ २०५८ मा भएको नारायणहिटी हत्याकाण्डपछि तत्कालीन युवराज दीपेन्द्र शाहकी प्रेमिकाका रुपमा चर्चामा थिइन् ।

नारायणहिटी काण्डमा उनका प्रेमी दीपेन्द्रसहित तत्कालिन राजा विरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार धीरेन्द्र लगायतको निधन भएको थियो । उक्त घटनापछि विरक्तिएकी देवयानीले पाँच वर्षपछि १० फागुन २०६३ मा भारत मध्यप्रदेशका राजपरिवार सदस्य ऐश्वर्य सिंहसँग विवाह गरेकी थिइन् ।

पारिवारिक स्रोतका अनुसार नयाँदिल्लीस्थित युएनडिपीमा जागिरे रहेकी उनको पछिल्लो समय श्रीमान्सँग सम्बन्ध सुमधुर नरहेको चर्चा परिवारमाझ छ । खबर आजको नयाँ पत्रिका दैनिकमा छ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv