Latest Updates :

युवतीलाई श्रीमती र बुहारीको नाता लगाएर दिल्ली हुँदै कुवेत तथा दुवई लैजाने ४ जना पक्राउ


SHARE THIS POST :

बर्दिया - निःशुल्क भिसामा कुवेत पठाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। एकजना फरार छन् ।भारतको राजधानी दिल्ली हुँदै कुवेत तथा दुवई लैजाने तयारीमा रहेका ६ जना नेपाली महिलालाई बर्दियाको कालिका गाविस कर्णालीपुरबाट उद्धार गरे लगत्तै प्रहरीले चार जनालाई पक्राउ गरेको हो। अभियुक्तले कसैलाई साली, कसैलाई श्रीमती, कसैलाई बुहारी नाता लगाएर सीमा पार गराउने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

युवतीलाई कुवेत तथा दुवई पुर्याउने भन्दै साथमा रहेका सुर्खेत जिल्ला घुमखहरे ७ का ५८ बर्षीय मानबहादुर वली, सिन्धुपाल्चोक जिल्ला धुमथाङ्ग २ का ३४ बर्षीय पोक्चे तामाङ्गलगायत खोजबिन पश्चात म्याग्दी झम्किली ६ का ४३ बर्षीय धनवीर पुन, खैरी चन्दनपुर ४ बर्दियाका ३७ बर्षीय रतनबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो । ढोडरी गाविस ५ निवासी ३७ वर्षीय अर्जुन विक फरार रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाका प्रहरी निरीक्षक देवेन्द्रबहादुर मल्लको कमाण्डमा रहेको गस्ती टोलीले भारतीय सीमा वलैगाउँ बजार लैजाने क्रममा कालिका गाउँ विकास समिति ९ कर्णालीपुरबाट युवतीको उद्धार गरेको थियो। प्रहरीले झापाकी २३ बर्षीया, मकवानपुरकी १६ बर्षीया, भोजपुरकी ३२ बर्षीया, झापाबाटै २५ बर्षीया, सल्यानकी ४१ बर्षीया र सप्तरीकी २८ बर्षीया युवतीलाई उद्धार गरेको हो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv