Latest Updates :

मर्ने बेला कलंकको टिका लगाउन्न,प्रचण्ड सरकारलाई साथ दिन सक्दिन भन्ने अड्डी लिँदा लक्ष्यमण राजवंशी पार्टीबाट निष्कासित


SHARE THIS POST :
लाइट नेपाल मिति : Saturday, January 21st, 2017

काठमाडौं ८ माघ – कलंकको टिका लगाउन्न,प्रचण्ड सरकारलाई साथ दिन सक्दिन भन्ने अड्डी लिँदा लक्ष्यमण राजवंशी पार्टीबाट निष्कासित
सत्ता र शक्तिको पछाडि नभई राष्ट्रियताको पक्षमा उभिँदा एकजना सांसद पार्टीबाट निष्काशित भएका छन् ।


नेपाः पार्टीका एक मात्र सांसद लक्ष्मण राजबंशीलाई सो पार्टीले निष्कासन गरेको हो । केही दिन अगाडि मात्र संसदमा पेश भएको संविधान संशोधन विपक्षमा उभिएका कारण उनलाई सो पार्टीले निष्कासन गरेको

पाँच नम्बर प्रदेशबाट मधेस र पहाड छुट्याउने सरकारको प्रस्तावले मुलुको राष्ट्रियता नै खतरामा पर्ने भएकाले त्यसको समर्थन गर्न सकिन्न भनेर उनले केही दिन अगाडि मात्र संसदमा बोलेका थिए । यसका साथै नौं दलीय विपक्षी गठबन्धनका कार्यक्रममा समेत उनी भाग लिन पुगेका थिए ।



मर्ने बेलामा कलंकको टिका लगाउन्न, विपक्षमा मत हाल्छु हाल्छु भने हाकाहाकी अडान लिएवापत उनलाई हिजो देखि नै सो पार्टीबाट निष्काशन गरिएको वक्तव्य नेपाः पार्टीका महासचिव विजय सैंजुले जारी गरेका छन् ।

नेपाः पार्टीबाट एकजना सांसद रहेकोमा उनलाई पनि निष्काशन गरेपछि उक्त पार्टीको संसद्बाट प्रतिनिधित्व हटेको छ ।
एस काठमाण्डु बाट


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv