पुस-२०, भारतको उत्तर प्रदेशस्थित अमेथी जिल्लामा परिवारका १० जनाको हत्यापछि ४५ वर्षका जमालुले आत्महत्या गरेका छन् । उनले परिवारका १२ जनालाई विषादी सेवन गराएर लठ्याएपछि धारिलो हतियार प्रयोग गरी १० जनालाई हत्या गरी आफुले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
घटनामा दुईजना भने बाँचेका छन् । उनीहरुलाई स्थानीय एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ । महनोशा क्षेत्रमा भएको आपराधिक घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक प्रहरी अनुसन्धानबाट ४५ वर्षका जमालुले हत्या गरेको खुलेको हो ।
जमालुले पहिले परिवारका सम्पूर्ण सदस्यलाई विषादी खुवाई धारिलो हतियारले हत्या गरको प्रहरी उपरीक्षक सन्तोषकुमार सिंहले बताउनुभएको भारतीय सञ्चार माध्यममा खबर छ । प्रहरीका अनुसार परिवारका सदस्यहरुको हत्या पश्चात जमालुले झुन्डिएर आत्महत्या गरेका हुन् । – एजेन्सी
Post a Comment