Latest Updates :

पूर्व गृहमन्त्री भीम रावलको गोप्य सूचना प्रमाणीत, तात्यो नेपाली सेना


SHARE THIS POST :

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री भीम रावलको एउटा गोप्य सूचना प्रमाणीत भएसँगै सुरक्षा निकाय सर्तक भएको छ ।
भीम रावलले सूचना दिनु, त्यसलगत्तै अस्ति बिहीबार सिरहामा सिके राउतले सम्बोधन गर्नुबीच सम्बन्ध हुन सक्ने स्रोतहरुको दाबी छ ।
यता केही दिन अगाडि मात्र पूर्व गृहमन्त्री समेत रहेका रावलले भारतको पटनामा सिके राउत, जयकृष्ण गोइत, ज्वाला सिंह, मधेसी मोर्चाका प्रतिनिधिहरुको एक गोप्य भेला बसेर नेपालको अखण्डता, सार्वभौमिकतामा खलल पार्ने लक्ष्यका साथ भेला आयोजना गरिएको भरपर्दाे सूचना आफूसँग भएको रावलले बताएका थिए ।


त्यसको भोलिपल्ट सिके राउतहरुले यस प्रकारको सभा गरेका थिए । सैनिक स्रोतका अनुसार अहिले यही बिषयलाई लिएर प्रधानसेनापति राजेन्द्र क्षत्रीले पूर्वप्रधानसेनापतिहरुसँग छलफल चलाइरहेका छन ।


भीम रावलले पटना भेलाबारे प्रधानमन्त्रीलाई सूचना दिएपछि उनले सुरक्षा प्रमुखहरुलाई सोधको थिए । तर सुरक्षा निकायले पटनामा त्यस्तो कुनै भेला नभएको कुरा प्रधानमन्त्रीलाई जानकारी पठायो ।
त्यसपछि मधेसी मोर्चाका नेताहरुलाई के चाहियो र ? हामी देश टुक्रा पार्ने योजनामा लागेको हो भने हामीलाई कारबाही गरियोस, होइन भने भीम रावललाई कारबाही गरियोस भन्दै भाषण गर्न भ्याए ।
खासमा पटना भेलामा नेपालका मधेसी नेता, सशस्त्र समूहका नेता, सिके राउतमात्रै नभएर भारतीय खुफिया एजेन्सी ‘र’का प्रतिनिधि, नेपालका लागि भारतीय राजदूत रञ्जित रे पनि सहभागी भएको प्रमाण नै बाहिर आएको छ ।
त्यसको ठीक दुई दिनपछि सिरहाको लाहानमा नेपाल टुक्रयाउँने अभियानका सिके राउतले ठूलो आमसभालाई सम्बोधन गरेका थिए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv