नेपालको राजनीतिमा प्रत्यक्ष हस्तक्षेप गर्दै आएको भारतले पछिल्लो एक सातादेखि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक जहाज स्टाण्डबाई राख्ने गरेको छ ।
जेट एयर नामक नीजि कम्पनीको जहाजको उडान तालिका सच्याएर राति ११ बजे काठमाडौंमा अवतरण गर्ने र विहान ८ः२५ बजे काठमाडौंबाट उड्ने तालिका बनाएको हो ।
त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा रातिको समयमा इमिग्रेशन बन्द हुने हुँदा सुरक्षा निकायलाई प्रभावमा पारेर आफू अनुकूलको सामग्री तथा ब्यक्तिहरुको ओसार पसारको लागि काठमाडौंमा विमान स्टाण्डबाई राख्ने गरेको हो ।
नेपालको विमानस्थलमा उडान तालिका नै सच्याएर जहाज पार्किङ गरिएको पहिलो पटक भएको उड्डयन क्षेत्रका हस्तीहरु बताउँछन् ।
अन्य समयमा विहान नयाँदिल्ली तथा भारतका विभिन्न स्थानमा जहाज आउने र साँझ फर्कने गरेकोमा नेपाल नागरिक उड्डयन कार्यालय र विमानस्थल कार्यालयसँगको मिलेमतोमा भारतले काठमाडौंमा जहाज स्टाण्डबाई राख्ने गरेको हो ।
काठमाडौंस्थित विमानस्थलमा जहाज पार्किङको ठूलो समस्या भएका वखत भारतीय जहाज रातभरि पार्किङ गर्ने अनुमति दिनुलाई रहस्यको रुपमा हेरिएको छ ।
Post a Comment