सक्दो सेयर गरि नेपालकि छोरी तेरिया मगरलाई बिजयी बनाऔं । तेरिया जिताऔं अभियानमा सहभागी हुन अब केहि दिन मात्र बांकि छ । तपाईको एक भोटले तेरियाले नेपालको सम्मान राख्न सक्छिन् । आफुपनि भोट गरि अरुलाई पनि सेयर गरि थाहा दिनुहोला ।
फेरी सुरु भयो तेरिया जिताऔं अभियान, हेर्नुस यसरी भोट गर्न सकिन्छ
५ बर्ष अगाडि भारतमा भएको चर्चित रियालिटी शो डीआईडी ३ कि बिजेता तेरिया मगर फेरी पनि भारतमै भलिरहेको अर्को सफल डान्स रियालिटी शो झलक दिखलाजा को फाईनलमा पुगेकि छिन् । यसअघि भएको डीआईडी ३ मा उनलाई सर्वाधिक भोट सहित बिजेता घोषणा गरिएको थियो । अहिले फेरी पनि उनलाई जिताउनको लागी तेरिया जिताऔं अभियान सुरु भएको छ ।
तेरियाले सन् २०१२ मा भारतको चर्चित टेलिभिजन जी टीभीबाट प्रशारण हुने रियालिटी शो ‘डीआइडी ३ को विजेता बनेकि थिईनन् । जसले नेपालको नाम उच्च बनाएको थियो भने बिश्वभर रहेका नेपाली माझ लोकप्रिय बनेकि थिईन् । वुटवलकी तेरियाले त्यस समयमा पनि नेपालीहरुको खुबै साथ पाएकि थिईन् । उनै, तेरिया फेरि पनि अर्को सफल डान्स रियालिटी शो ‘झलक दिखलाजा’को फाइनलमा पुगेकी छिन् । जनवरी २१ मा यो शोको भव्य फाइनल हुँदैछ । तेरिया फाइनलमा पुगेपछि उनलाई जिताउने अभियान फेरि पनि सुरु गरिएको छ ।
‘तेरिया जिताऔं’ अभियानको तर्फबाट आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ । उनलाई जिताउनका लागि धेरै भन्दा धेरै एसएमएस आवश्यक पर्छ । तेरियालाई जिताउनका लागि भारतको सिमकार्ड प्रयोगकर्ताले एक सय पटकसम्म एउटै मोवाईलबाट एसएमएस गर्न सकिनेछ । जसको लागी तपाईले मोवाईलको म्यासेज बक्समा गएर टिइआर टाईप गरि ५६८८२ मा एसएमएस गर्न सक्नुहुनेछ ।
यस्तै, उनलाई अनलाइट बाट पनि भोटिङ गर्न सकिनेछ । अनलाईनबाट भोटिड् गर्नको लागी कलर्स टिभिको अफिसियल वेबसाईटमा जानुपर्नेछ । एउटा अनलाइन पीसीबाट सय पटकसम्म मात्र भोट गर्न सकिनेछ । जनवरी १४ बाट सुरु भएको भोटिङ जनवरी १९ को राती ९ बजेसम्म जारी रहनेछ ।
जान्नुहोस तेरियालाई भोट गर्ने तरिकाहरु:
Mobile : Type “TER” & send to 56882 (for those who are in India)
Online voting : Log on http://www.colorstv.com/mena/jhalak-dikhhla-jaa/

Post a Comment