Latest Updates :

मलेसियामा एक नेपालीको पेटमा छुरा रोपी घाँटी रेटेर हत्या


SHARE THIS POST :
लाइट नेपाल मिति : Monday, January 16th, 2017
काठमाडाैं  – मलेसियमा एक नेपालीको हत्या भएको छ। वैदेशिक रोजगारीका लागि मलेसियामा पुगेका राधेश्याम पाण्डेको हत्या भएको हो।
पाण्डेको शव स्थानीय समय अनुसार आइतबार बिहान ८ बजेतिर मलेसियाको लोरोङ–१ पाडाङ नागासरीको स्थानीय खेल मैदानमा भेटिएको केन्द्रीय सेवेरंग पेरायी जिल्लाका प्रहरी प्रमुख एसीपी निक रोस दानी अब्दुल हमिदलाई उद्रित गर्दै द सनले जनाएको छ।
पाण्डे बुकित टेन्घामा रहेको एक कम्पनीमा कार्यरत थिए। उनको पेटमा छुरा रोपिएको र घाँटी रेटिएको पाइएको अब्दुलले बताएका छन्।
उनका अनुसार पाण्डेको के कारणले हत्या भएको हो भन्नेबारे खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv