Latest Updates :

सिके राउतलाई जनताले कार्वाही गर्ने प्रचण्डको दावी


SHARE THIS POST :

प्रधानमन्त्री पुष्पकमल दाहालले देश विखण्डनको कुरा उठाउनेलाई जनताले ठीक पार्ने अनौठो कुरा गरेका छन् । विश्वभरिका हरेक मुलुकले देश विखण्डनको विषयलाई सबैभन्दा गम्भीर रुपमा लिन्छन् र त्यस्ता विखण्डनकारीलाई सरकारले त्यही अनुसार निर्मम व्यवहार गर्छ । भारतमा त देश बिखण्डनको कुरा गर्नेलाई मृत्युदण्ड समेत दिइन्छ ।

गत साता सीके राउतले सिरहामा देश विखण्डनका लागि आमसभा गरेका थिए । त्यस्ता विखण्डनकारीलाई सरकारले कारबाही गर्नुपर्छ भनेर जनआवाज उठिरहेको बेला प्रचण्डले विखण्डनकारीलाई कुनै कारबाही नगर्ने भन्दै लाचारी प्रकट गरेका छन् । उनको भनाइ छ– विखण्डनकारीलाई जनताले कारबाही गर्छन् ।

जनताले कानून हातमा लिएर कारबाही गर्न थाले भने देश अराजकतामा जान्छ । राज्यको कानून हातमा लिएर कसैले कसैमाथि कारबाही गर्न पाइँदैन । राज्यमा कारबाहीको अधिकार सरकार तथा राज्यका अन्य निकायहरूसँग मात्र हुन्छ ।

 जनताले प्रत्यक्ष कारबाही गर्ने शासन प्रणाली नेपालमा छैन र कुनै पनि सभ्य र आधुनिक लोकतान्त्रिक व्यवस्थामा हुँदैन । तर, माओवादी केन्द्रका अध्यक्ष तथा नेपाली कांग्रेस सम्मिलित सरकारका प्रधानमन्त्री प्रचण्डले देशमा अराजकतालाई निम्ता दिँदै तथा सरकारको लाचारी प्रकट गर्दै भनेका छन्, ‘विखण्डनकारीलाई जनताले तह लगाउँछन् ।’

 रिहामा प्रचण्डले चुनाव जितेको जिल्ला पनि हो । अहिले तराईमा बिखण्डनकारीहरू निकै सक्रिय भइरहेको समाचार आइरहेको छ । यस सम्बन्धमा संसद बैठकमा समेत कुरा उठेको छ र सांसदहरूले सरकारबाट जवाफ माग गरिरहेका छन् । साँघु साप्ताहिकले खबर छापेको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv