नवलपरासी–चलचित्र ‘छक्का –पञ्जा ’ लिकं गरेको आरोप लागेका जिल्लाको कावासोतीका २३ वर्षिय कृष्ण सुवेदीको घटनाको सम्बन्धमा निष्पक्ष छानविनको माग गर्दै आईतबार कावासोतीमा प्रदशर्न भएको छ । घटना घटेको ११ दिन बितीसक्दा समेत घटनाको तथ्य बाहीर आउन नसकेको भन्दै प्रभावकारी छानविनको माग गर्दै चक्का जाम सहित विद्यार्थीहरुले विरोध र्याली प्रदशर्न गरेका हुन् । नेविसंघ कुरमारवर्ती ईकाई , मध्यविन्दु र जिल्ला स्तरका विद्यार्थीहरुको अगुवाईमा विरोध र्याली प्रदशर्न भएको हो । विद्यार्थीले घटनामा सम्लग्न दोषिलाई कारवार्हीको माग गर्दै पुर्वपश्चिम राजमार्ग विहान ९ बजे देखी १० बजे सम्म अवरुद्ध पारेका थिए । घटनाको प्रकृति हेर्दा आत्महत्या नभै हत्या भएको मृतकका परिवारको दाबी रहेको छ । दोषि लाई कडाभन्दा कडा कारवार्हीको माग समेत गरेका छन् । चित्त बुझ्दो छानवीन नभएर घटना लाई बेवास्ता गरीए थप सर्घषका कार्यक्रम गर्ने विद्यार्थीले चेतावनी समेत दिएका छन् ।

Post a Comment