Latest Updates :

अढाई वर्षकी छोरीसहित श्रीमती वेपत्ता पछी श्रीमानलाई बिदेशमा तनाब ..


SHARE THIS POST :

धनुषा,माघ १० – धनुषा बटेश्वरकी निर्मलादेवी अढाई वर्षकी छोरी रिचुसहित गएको पाँच दिनदेखि हराएकी छिन् ।ससुरा विल्टु साहका अनुसार गएको बिहीबार दिउँसो

छोरीलाईसँगै लिएर घरभन्दा केही पर दाउरा ल्याउन गएको बेलादेखि बुहारी निर्मला वेपत्ता भएकी छिन् । आफन्तजन सबैमा खोज्दा पनि कतै पत्तो नलागेपछि बुहारीलाई खोजदिन अस्थायी प्रहरीचौकी बटेश्वरमा निवेदन दिएको उहाँले बताउनुभयो । बुहारी र नातिनी पाँच दिनदेखि वेपत्ता हुँदा घरपरिवार शोकमा डुबेका छन् । वेपत्ता निर्मलाका श्रीमान श्रवण साह लहेरी वैदेशिक रोजगारीको शिलशिलामा तीन वर्षदेखि खाडी मुलुक साउदी अरेवियामा छन् । निर्मलाकी ६ वर्षका छोरा र अढाई वर्षकी छोरी छन् । श्रीमती र छोरी वेपत्ता भएपछि श्रीमान श्रवण विदेशमा तनावमा छन् । उहाँले विदेशबाट फोन गरी श्रीमती र छोरीलाई कसैले अपहरण गरेको हुन सक्ने शंका व्यक्त गर्नुभयो । उहाँले केही दिनअघि एकजना मोटरसाइकलमा सवार व्यक्तिले केही कुरा भनेपछि श्रीमती निर्मलाले एक झापड हिर्काएकी बताउनुभयो । त्यहि अपरिचित व्यक्तिले निर्मलालाई अपहरण गरेको हुन सक्ने भएकाले खोजविन गरिदिन सबै पक्षसँग आग्रह गर्नुभयो । श्रवणले ७ वर्षअघि भारतको पञ्जाबमा कामको शिलशिलामा जाँदा प्रेम विवाह गरी निर्मलालाई ल्याउनु भएको थियो । यता बटेश्वर प्रहरी चौकीले निर्मलाका ससुराले निवेदन दिएको र आमा छोरीको खोज तलास गरिरहेको जनाएको छ । -साभार :शैलेन्द्र महतो/उज्यालो अनलाइन

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv