Latest Updates :

नेपालका युवा स्ट्राइकर बिमल घर्तीमगर स्पेनीस क्लबमा खेल्नका लागि भोलि युरोप जाने


SHARE THIS POST :
लाइट नेपाल मिति : Sunday, January 15th, 2017
काठमाडौं २ माघ – नेपालका युवा स्ट्राइकर बिमल घर्तीमगर स्पेनीस क्लबमा ‘ट्रयाल’ का लागि सोमबार म्याड्रिड उड्दैछन्। गत वर्ष बेल्जियमको क्लब ब्रुग केभीबाट व्यवसायिक फुटबल खेलेका विमल करिब ५ महिना लामो नेपाल बसाइँपछि युरोपेली क्लबमा पुनः आफ्नो भविष्य खोजीका लागि स्पेन उड्न लागेका हुन्। उनले स्पेनमा मार्बेला युनाइटेडमा करिब दुई महिना अभ्यास गर्ने छन्। उनीसँगै अभ्यासमा नेपालका थप दुई खेलाडी अनन्त तामाङ र अन्जन बिष्ट पनि रहने छन्। गत वर्ष नेपालले साफको युथ–१९ प्रतियोगिता, बगबन्धु गोल्डकप र १२ औं साग गेम जितेपछि स्पेनको मार्बेला क्लबले यी तीन खेलाडीलाई दुई महिना अभ्यासको निम्तो दिएको हो। मार्बेला क्लब स्पेनको सेगुन्डा डिभिजनको ‘बी’ टिम हो।

जुन स्पेनिस फुटबलको लिग सिस्टममा तेस्रो श्रेणीको मानिन्छ। यो डिभिजनका क्लबहरूलाई स्पेनको चर्चित ‘ला लिगा’ क्लबको ‘रिजर्भ टिम’ को रुपमा पनि लिने गरिन्छ। यही क्लबहरूले खेलाडी उत्पादन गरेर ‘ला लिगा’ क्लबलाई दिने गरेको छ। मार्बेला युनाइटेडका मालिक जेसस गिल ‘ला लिगा’ को चर्चित क्लब एट्लेटिको म्याड्रिडका अध्यक्ष पनि हुन्। दुई महिनाको अभ्यासमा आफ्नो खेलबाट प्रभाव पार्न सकेको खण्डमा विमललगायत तीन खेलाडीले नै स्पेनमा बसेर व्यवसायिक फुटबल खेल्ने सम्भावना छ। ‘म आत्मविश्वासी छु। यसअघि पनि युरोपमा बसेर खेलेको अनुभव छ,’ सोमबार १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्पेन उड्न लागेका विमलले भने। गत वर्ष बेल्जियमको अर्को क्लब केएससी लोकेरेनसँग अनुबन्धन गर्न लागेको बेला बहिनीको एउटा दूर्घटनाका कारण उनी नेपाल फर्किएका थिए। विमलले किशोर अवस्थामै डच क्लब ‘टवान्टे’, बेल्जियम क्लबहरू ‘एन्डरलेच्ट’, ‘जेन्क’, क्लब ब्रुगमा अभ्यास गर्दै खेल्ने अवसर पाइसकेका छन्। स्पेनिस क्लबमा अभ्यासको मौकालाई विमलले अवसरको रुपमा लिएका थिए। ‘यो हाम्रो लागि ठूलो अवसर हो। स्पेनिस लिग र स्पेनको फुटबल संसारभरि चर्चित छ, यहाँ राम्रो गर्न सकिएको खण्डमा सबैको आँखामा परिन्छ,’ उनले भने। सेतो पाटि बाट

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv