Latest Updates :

Breking News.. मलेशियामा आफ्नै साथीहरुले घाँटी र टाउको काटेर हत्या गरे... हेर्नुहोस्.. यस्तो छ नेपालीको हर्कत.. (भिडियो सहित )..


SHARE THIS POST :

आधी खर र आधी टायलले छाएको झुपडीभित्र एक कुनामा मैलो गन्जि र कट्टु लगाएको बालक  र उसकी आमा घुक्क घुक्क रुदैछन् । केही महिला आफ्नै आँसु पुछ्दै रोईरहेका आमाछोरालाई सम्झाउँदै थिए । बाहिर भेला भएका छिमेकी र आफन्तको अनुहार शोक मग्न देखिन्थ्यो ।
दिउँसोको तीन बज्नै लागेको बेला २१ दिनपछि कैलालीको राजिपुरका जंगबहादुर बिकको शव घरमा आइपुग्यो, जो मलेसियामा फागुन ४ गते मरणान्त हुनेगरि पिटिएका थिए । फागुन ७ गते मरेका जंगबहादुरको लाश घरमा आएपछि चन्द्रकलाको घुक्क घुक्क डाँकोमा परिणत भयो । डाँको हाल्दै चन्द्रकला भन्दैहुनुहुन्थ्यो ‘अव हामी कसको सहारामा बाँचौं, छोरो कसरी बोर्डिङ पढाउँने, ऋण कस्ले तिर्छ ?’

तीन वर्ष पहिले मलेसिया गएका जंगबहादुरको फागुन ७ गते अपत्यारिलो घटनामा परि ज्यान गयो । फागुन ४ गते ६ महिनाको तलव थापेर घरमा पैसा पठाउन बैंक जाँदै थिए । बाटोमा साथीहरुसँग भेट भयो । साथीभाइले खाना खानजाउँ भनेपछि जंगबहादुर उनीहरुसँगै एक होटलमा गएका थिए । तर होटलमा आफुलाई लिएर जाने साथीहरुले नै जंगबहादुरको टाउको र घाँटीमा धारिलो हतियार प्रहार गरि मरणासन्न बनाए । ३५ वर्षिय जंगबहादुरलाई तत्काल अस्पताल लगिएको थियो । त्यसको तीन दिन पछि उनको ज्यान गएको थियो । उनको हत्यामा संलग्न रहेको आरोपमा कैलाली चिसापानीका रोहित माझी र दार्चुलाका देव लोहारलाई मलेसिया प्रहरीले पक्राउ गरेको छ ।
चर्को ब्याजमा ऋण काढेर मलेसिया गएका जंगबहादुरको परिवारमा उहाँलाई गुमाउनुको पीडा माथि ऋण तिर्ने चिन्ता पनि थपिएको छ । चन्द्रकलाले भन्नुभयो, ‘पहिलै ऋण थियो, विदेश जाँदा फेरी एक लाख ६० हजार काढेका थियौं, मासिक ब्याज मात्रै २० हजार तिर्नुपर्छ, अव कसरी तिर्नु ।’ उहाँको थाप्लोमा अहिले तीन लाख रुपैयाँ ऋण छ ।

सम्पत्तिको नाममा १० धुर जग्गामा बनाएको झुपडी मात्रै छ । पाँच जनाको परिवार जंगबहादुरकै कमाइले धानिएको थियो । ८ वर्षीय छोरा कृष बिक बुबा विदेश गएपछि उहाँकै कमाइले बोर्डिङ पढ्दै थिए । तर कमाउने बुबाको ज्यान गएपछि उनको पनि बोर्डिङमा पढाई नहुने भएको छ । चन्द्रकलाले भन्नुभयो, ‘आमा अव म बोर्डिङमा पढ्न पाउँछु कि पाउँदिन भनेर छोराले सोध्छ म के भनौं, आउने बाटो केहि छैन् । यतिन्जेल कमाएको पनि घर खर्च र ऋणको ब्याज तिर्दै सकियो ।’


भविष्य सोचेर चिन्तित हुनथालेको जंगबहादुरको परिवारले वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र बीमा कम्पनीबाट पाइने आर्थिक सहायताका लागि बोर्डमा निवेदन दिएका छन् । करार अवधि छँदै वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेका परिवारले बोर्डबाट तीन लाख रुपैयाँसम्म आर्थिक सहायता र बीमा कम्पनीबाट बीमा रकम पाउने प्रावधान छ । जंगबहादुरको शव नेपाल झिकाउन सहयोग गरेको सुरक्षित आप्रवासन परियोजनाले बीमा रकम र बोर्डबाट पाइने आर्थिक सहायता दिलाउन पनि सहयोग गरिरहेको छ ।

जंगबहादुर ललितपुरकाे कुनाल इम्प्लाेइमेन्ट सर्भिसबाट मलेसिया गएका थिए । त्यहाँको एक पाेल्ट्रि फार्ममा काम गर्थे । कैलालीको राजिवपुरमा उनका श्रीमती र छोरासँगै बुबा, भाइ र बुहारी छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv