Latest Updates :

#Flash_News देशै भरि एमालेको पक्षमा जनलहर : आज भक्तपुरमा एकैपटक राप्रपा, नेपाली काँग्रेस, माओवादी लगायतका दलहरु त्याग्दै २३५० जना एमालेमा प्रवेश,अध्यक्ष केपी शर्मा ओलीले गरे स्वागत - See more at:


SHARE THIS POST :

भक्तपुर ८ माघ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अबको १० महिनाभित्र सरकारले तीन वटै तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् ।


एमाले भक्तपुरले आज यहाँ आयोजना गरेको पार्टीका नयाँ सङ्गठित सदस्यलाई शपथ ग्रहण कार्यक्रममा उहाँले आगामी कात्तिक–मङ्सिरसम्म तीन वटै तहको निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गर्न सरकारसँग आग्रह गरे ।

एकैपटक राप्रपा, नेपाली काँग्रेस, माओवादी लगायतका दलहरु त्याग्दै एमालेमा हजारौंको संख्या प्रवेश गरेपछि अरु दलहरु समेत आत्तिएको स्थानीय बताउँछन् ।

किन एमाले प्रति यस्तो आकर्षण भयो त ? प्रश्नमा काँग्रेस छाडेर एमालेमा प्रवेश गरेकी एक महिलाले भनिन्, ‘केपी ओलीज्यूले मात्रै देशलाई सही दिशा सक्छन  भन्ने हामीलाई विश्वास जागेको छ । यतिबेला देशले उनलाई नै खोजेको छ । उनको अडान थिएन भने देशलाई काँग्रेस र माओवादीले त बेचेर खाइसक्ने रहेछ भन्ने देखियो ।’

यस अघि जिल्लामा रहेको संख्याको दोब्बर हुने गरी एमालेमा यसरी हजारौंको सख्यामा प्रवेश गरेका हुन् । जिल्लाभर सदस्य संख्या २३  सय ५३ रहेको एमाले यो प्रवेशसँगै पाँच हजार बढी क्रियाशील सदस्य रहेको जिल्ला कमिटी भक्तपुरले बतायो ।

एमाले प्रवेश गर्नेहरुमा— उपाध्यक्ष वचन देउजाले बताए अनुसार— यस अघि राप्रपाका उपाध्यक्ष चन्दन श्रेष्ठ, कोषाध्यक्ष मनकराम थापा, अनन्तलिङ्गेश्वर नगरपालिका माओवादी अध्यक्ष पुष्प कार्की अफ्नो सम्पूर्ण सदस्यसहित एमालेमा प्रवेश गरेका छन् ।

त्यस्तै वनउपभोक्ता महासंघ भक्तपुरका उपाध्यक्ष विश्वराम थापा नेमकिपाबाट, तरुणदल जिल्ला उपाध्यक्ष विजय बस्नेत, जिल्ला सदस्य दिनेश थापा, गोबरद्र्धन कुवँर, गोपी नेउपाने महिला संघको २ नं क्षेत्रकी सचिव सुमित्रा खत्री लगायतको ठूलो संख्या आज एमाले प्रवेश गरेको हो ।

जिल्ला सचिव वासुदेव थापाले बताए अनुसार— डोलेश्वर महादेब संरक्षण समितिका वरिष्ठ उपाध्यक्ष किरण थापा, सूर्य विनायक गणेश मन्दिर संरक्षण समितिका अध्यक्ष हरिशरण बस्नेत, मानवीय आस्था नेपालका अध्यक्ष श्रीकुमार रंजित उपाध्यक्षहरु प्रकाश सैजु, रामप्रसाद मानन्धर, शिव अवाल, कटुन्जे खानेपानीका कोषाध्यक्ष कमल तिमल्सिना, किवाचोक खानेपानीका संरक्षक भिमशेन खतिवडा लगायत सामाजिक व्यक्तित्वहरु समेत ठूलो संख्या एमाले प्रवेश गरेका छन्।

सरकारले तीनवटै तहको निर्वाचन कार्यतालिका मिति तत्काल घोषणा गर्न नसक्ने हो भने सत्तामा बसिरहन नमिल्ने बताए । चुनाव गराउन नसके सरकार छाड्नुपर्ने औँल्याउँदै अध्यक्ष ओलीले भने, ‘आज मेरो प्रधानमन्त्रीसँग कुराकानी हुँदैछ, म उहाँलाई भन्नेछु, सोझो कुरा गर्नुस्, चुनाव गराउने हो कि होइन, चुनाव गराउने होइन भने तत्काल सरकार छाड्नुस् ।’

उनले सरकारले एउटा चुनाव पनि गराउने कुनै सुरसार गरेको छैन, हामीले सरकार परिवर्तन सँगसँगै निर्वाचनको कार्यतालिका घोषणा गर्न भन्दै आयौँ, तर अहिलेको सरकार त्यस दिशामा केही नगरी, सिन्को नभाँचीकन गफ मात्रै गरेर बसेको छ ।’

यतिबेला विभिन्न प्रकारका शक्तिले देशलाई गलत बाटामा धकेल्न खोजिरहेको र सत्ता पक्षले देशको राष्ट्रियता, एकता र अखण्डतालाई कमजोर पार्नसंविधान संशोधनको बाजा बजाइरहेको आरोप उनले लगाए ।

कार्यक्रममा एमालेका पोलिब्युरो सदस्य सानु श्रेष्ठ, वैकल्पिक केन्द्रीय सदस्य सोम मिश्र, सांसद केदार सञ्जेल, युवा नेता महेश बस्नेत, राजेन्द्रमान श्रेष्ठ, सरस्वती बाटी, एमाले भक्तपुर जिल्ला अध्यक्ष राजेन्द्र राजथलालगायतले सरकार संविधान संशोधनभन्दा पनि निर्वाचनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv