Latest Updates :

इजरायलमा कार्यरत केयारगिभरहरू को तलब बढ्यो,अब कति पाइन्छ महिनाको ? - See more at:


SHARE THIS POST :
दिपक क्षेत्रि लाइट नेपाल डटकम – केयरगिभरको बारेमा सम्पूर्ण जानकारी दिने isavta.co.il का अनुसार, Kav Laoved ले आज प्रकाशित गरेको सूचनाद्वारा इजरायलमा कार्यरत सम्पूर्ण केयरगिभरको तलब तथा सुविधामा केही मात्रामा वृद्धि भएको जानकारी गराएको छ । न्युनतम तलबमान सम्बन्धी यो नियम यही जनवरी एक देखि लागु भएको हो । प्राप्त सूचना यस प्रकार रहेको छ ।

नयाँ नियम अनुसार प्रत्येक केयरगिभरको मासिक तलव ( बिना कटौती ) ५००० सेकेल हुनेछ । तदनुसार दैनिक २०० NIS अनि प्रत्येक घण्टाको २६.८८ सेकेल पाइनेछ । औसतमा न्युनतम (कटौती पछि) ४१३० सेकेल हुनेछ, जसमा साप्ताहिक भत्ता ( Weekly Alloawnce)पनि जोडिएको छ ।
कटौती भन्नाले मुख्य सेलरीबाट काटिने (खाना बापत ५०० NIS,आवासको १२० – २२० NIS, मेडिकल इन्सुरेन्स १२४.७० NIS र विविध ७८ NIS) लाई बुझिन्छ ।

बार्षिक बिदा \ एनुअल भ्याकेसनको प्रतिदिन २०० NIS को हिसाबले पाइनेछ । साप्ताहिक बिदा / विक्ली डे अफको ३४० पाउने सूचना छ । पिचिम या पेन्सन फन्ड ०.२५% देखि १२.५%सम्म बढाइएको छ ।

र अन्तमा बार्षिक बिदामा एक दिन अरु थप गरिएको छ ! ( पहिलो चार वर्षको बार्षिक पेड भ्याकेसन १४ दिनको हुनेछ । )

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv