शान्ति सेनामा जाने नेपाली सेना र प्रहरीको तलब ह्वात्तै बढ्यो सेना र प्रहरी हुने भए मालामाल - See more at:
लाइट नेपाल
काठमाडौं, ११ असार । संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त मुलुकमा तैनाथ नेपाली सुरक्षाकर्मीको तलब सेवा सुविधा बढाएको छ ।
राष्ट्रसंघ सुरक्षा परिषद्ले शान्तिमिसनमा कार्यरत नेपाली फौजको तीन वर्षे सन २०१७ सम्मको पारिश्रमिक बढाएको जनाएको छ ।
सन् २०१४ जुलाई १ देखि लागू गरिएको १३ सय ३२ अमेरिकी डलर प्रति महिना बृद्वि भएको छ । २०१५ जुलाई १ देखि १३ सय ६५ र २०१६ जुलाई १ देखि १४ सय १० डलर बनाइएको छ ।
शान्ति सैनिकलाई दैनिक १.२८ डलर अतिरिक्त भत्ता उपलब्ध गराउने भएको छ । उनीहरुलाई कार्यदिन बाहेक बिदाको समयमा पनि कार्यक्षेत्रमा खटेबापत प्रत्येक सुरक्षाकर्मीले प्रतिदिन १०.५० डलर भत्ता पाउने बताइएको छ ।
Post a Comment