Latest Updates :

मधेशबाट एमालेलाई लखेट्छौं भन्नेहरुलाई ओलीको जवाफ –‘मधेशका सभाहलमा हैन, राजमार्गमै हामी शक्ति देखाउँछौं’ - See more at:


SHARE THIS POST :

काठमाडौं, ९ माघ । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा मधेस जनपरिचालन अभियान चलाएर मधेसका राजमार्गहरुमा शक्ति देखाउने बताएका छन् । एमाले केन्द्रीय मोर्चा संगठनको बैठकलाई सम्बोधन गर्दै ओलीले सभाहलमा एमाले नहट्ने भएकाले चौडाई नपुगेपछि लामो हुने भएकाले शक्ति प्रदर्शनका लागि राजमार्गलाई रोजेको उनले बताए । अब एमालेका कार्यक्रमको तस्वीर स्याटलाइटबाट मात्र खिच्न सकिने उनले दोहोर्‍याए । ओलीले जो सुकै तर्सिए पनि एमालेले आफ्नो शक्ति देखाइछाड्ने बताएका छन् । एमाले केन्द्रीय मोर्चा संगठनको बैठकलाई सम्बोधन गर्दै ओलीले एमाले बलियो छ भनेर चुनाव टार्न नसक्ने बताए । ‘एमाले कमजोर भएको छैन, मजवुत नै छ’ ओलीले भने, ‘कोही तर्सिए तर्सिउन्, हामी हाम्रो स्ट्रेन्थ देखाउँछौं ।’
तराई मधेसमा सुरु भएको एमालेमुक्त मधेस अभियानतर्फ संकेत गर्दै ओलीले केही मानिसहरुले उपद्रो मच्चाइरहेको र त्यो अन्तिम किस्ता भएको बताए । उनले भने, चरिफुरी निकै बढेको छ । नगरा पिटेर एमालेलाई विदा गर्ने भन्दैछन् ।’ एक समय पहिले आफुले माकाफुइँ शब्द प्रयोग गरेको स्मारण गर्दै एमाले अध्यक्ष ओलीले त्यसको परिभाषा सुनाए । ‘बाँदरले कसैलाई तर्साउन पर्‍यो भने रुखको हाँगा समाएर हल्लाउँछ । तर, धेरै हल्लायो भने उ आफैं खस्छ,’ मधेसमा भइरहेको विरोधतर्फ संकेत गर्दै उनले भने, ‘माकाफुइँ भनेको त्यही हो ।’

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv