Latest Updates :

ब्रिटनी स्पेयर्स जस्तो देखिन एक युवकले गरे ९० पटक प्लाष्टिक सर्जरी


SHARE THIS POST :

गायिका ब्रिटनी स्पेयर्सका एक प्रशंसक ब्रायन रेले उनीजस्तै देखिने कथित रुपमा ९० पटक प्लाष्टिक सर्जरी गराएका छन् । यसले उनको ८० हजार डलर ( ८६ लाखभन्दा बढि) भन्दा बढि खर्च भएको बताएका छन् । क्यालिफोर्नियामा बस्ने रे सधैं ब्रिटनीका ठूला प्रशंसक रहँदै आएका छन् ।

‘एसेशोबिज डट कम’ को रिपोर्ट अनुसार ‘मेक मि’ की गायिकाका यी प्रशंसकले ब्रिटनीजस्तो देखिनका लागि आफूलाई ९० पटक शल्यक्रिया गराएका हुन् ।

रेले नाक, मोटाइका लागि सूई, लेजर प्रक्रियाले रौं हटाउने, ओठ र बोटोक्स इन्जेक्सनमाथि करिब ८० हजार डलर खर्च गरे । यसका साथै आफ्नो छालाका लागि हरेक महिना लोसन र क्रिममा ५ सय डलर खर्च गर्ने गर्दछन् ।

रे भन्छन्, ‘म सानोदेखि नै ब्रिटनीको प्रशंसक हुँ । सानो हुँदा म उनीजस्तै देखिन्छु जस्तो लाग्थ्यो । म मा उनको भूत सवार थियो । मैले उनीसँगको लिइएको सबै अन्तर्वार्ता हेरेको छु । उनको कोरियोग्राफी सिकें र उनको जस्तै मुस्कान पाउनका लागि प्लाष्टिक सर्जरी गराएँ ।’

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv