यसअघि सुन तस्करलाई सघाएको भनि शंकाको घेरामा रहेका खत्रीलाई प्रहरी हेडक्वार्टरमा सरुवा गरिएको थियो भने त्यहाँबाट जगेडा पुलमा सारिएको थियो ।
उनलाई पक्राउ पछि केन्द्रीय अनुसन्धान ब्यूरोको कार्यालय महाराजगञ्जमा लगिएको बताइएको छ । पुस २१ गते विमानस्थलबाट ३३ किलो सुन पास हुँदा उनी विमानस्थलको सुरक्षा कमाण्ड सम्हाल्ने दोस्रो वरियताका अधिकारी दिए । खत्री हालसम्म पक्राउ परेका मध्येका उच्च अधिकारी हुन् ।
व्यूराले नेपालगञ्जका गोपाल बहादुर शाहीले एयर अरेबियाको उडानबाट ल्याएको सुन रिसिभ गर्न पुगेका मोरङका दिलबन्धु थापा र धनुषाका सन्तोष काफ्ले सोही दिन पक्राउ गरेको थियो ।
ब्युरोले उनीहरुकै बयानका आधारमा त्रिभुवन विमानस्थल भन्सारमा कार्यरत दुई अधिकृत सहित अन्य दुई जनालाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । तर, मुख्य अभियुक्तलाई भने अहिले सम्म पनि बाहिर ल्याइसकेको छैन ।
Post a Comment